• हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल मेचीनगर १० धुलावारीको प्रिन्सिपलमा कृष्णप्रसाद निरौला नियुक्ति भएका छन् ।
    विद्यालयका निर्देशक दिपक भण्डारी तथा विद्यालय प्रशासनले मंगलवार निरौलालाई प्रिन्सिपलको जिम्मेवारीसहित नियुक्ती गरेको हो ।
    विर्तामोड नगरपालिका वडा नम्बर ३ का निरौला ३० वर्ष शिक्षण पेशा गरेका अनुवभी व्यक्ति हुन् । अंग्रेजीमा डिग्री गरेका निरौला यस अघि एमिटि पब्लिक स्कुलमा कार्यकरत थिए । उनले कैलालीस्थित धनगढीमा रहेको एलाइन्स इन्टरनेश्नल मोडेल स्कुलमा पनि प्रिन्सिपलको जिम्मेवारी सम्हालेका थिए । नव नियुक्त प्रिन्सिपल निरौलाले विद्यालयको शैक्षिक गुणस्तरलाई अभिबृद्धि गर्नका लागि आफ्नो क्षमता अनुसार कटिबद्ध भएर लाग्ने बताए ।
    यसैगरी, यस अघि विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हालिरहेका भाष्कर निरौलालाई कक्षा ११ र १२ को कोअडिनेटरको जिम्मेवारी दिइएको छ । कोअडिनेटर निरौलालाई मेचीनगरका उत्कृष्ट प्रिन्सिपलहरु मध्ये एक मानिन्छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…