• २०७४ चैत्र ०७ बुधवार

    कनकाई । सामान्यतया झगडापछिको मेलमिलापमा एकपक्षको जित र अर्को पक्षको हार हुने गर्दछ । एउटाले पाइरहँदा अर्को पक्षले गुमाइरहेको हुन्छ ।

    तर, जिल्लाको मध्य दक्षिणी क्षेत्रमा पर्ने सामुदायिक वन, विपी स्मृति वन बाटिका र जोताह किसानहरुको समस्यामा भने दुबै पक्षको जित भएको छ ।

    भmापा गाउँपालिकास्थित रानी सामुदायिक वन र कनकाई नगरपालिकास्थित विपी वन वाटिकाबीचको समस्या प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको संयोजनमा दुबै पक्षलाई एकआपसमा मिलाएरै समस्याको समाधान खोजिएपछि वर्षौँदेखि समस्याको रुपमा रहेको वन र जोतभोग गर्दै आएका किसान दुबैपक्ष खुसी भएका छन् ।

    रानी सामुदायिक वन समूहमा वनभित्र बर्षौँदेखि बस्दै आएका २८ घर परिवार र विपी वनमा स्थानीय १८ परिवारको जग्गा विवाद लामो समयको समस्या आपसी छलफलबाटै निकास निकालिएको हो ।

    हाल रानी सामुदायिक वनसँगको विवाद मिलेपछि वनलाई पर्यटकीय क्षेत्र बनाउन समूह लागिपरेको छ भने विपी वन बाटिका र स्थानीयबीचको मेलमिलाप सोमवार औपचारिक रुपमा भएको छ ।

    कार्यव्रmममा दुवैपक्षले हाँसीहाँसी विवाद अन्त्य भएको घोषणा गरेका छन् । कनकाई नगरका मेयर राजेन्द्र पोखरेलको उपस्थितिमा दुवैपक्षका प्रतिनिधिहरुले वन बाटिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

    मेलमिलापका लागि अन्य तेस्रो पक्ष कोही पनि नआएको बरु असी पटकसम्म छलफल गरी आफै समस्याको समाधान निकालिएको स्थानीय अगुवा पुण्य ओझाले बताए । ‘मैले राजनीति गर्दा हज्जाराँै मुद्दा मिलाइसकँे तर झगडा मिलाउँदा एउटा न एउटा पक्षका मानिसले कालो मुख बनाउँथे तर यस मुद्दामा त दुवै राजीखुसी देखिनु भयो,’ उनले भने ।

    उता, रानी सामुदायिक वन समूहका अध्यक्ष रामबहादुर कार्की र किसान रुद्र रानामगर समेत खुसी देखिन्थे ।

    यसरी भएको मिलापले जीवनमा कहिल्यै गुनासो नरहने रानाको भनाइ थियो ।

    वनको जग्गा हडपेर बसेका सुकुम्बासीलाई अन्यत्र खाली जग्गामा बस्ती व्यवस्थापन गरिएपछि विवाद समाधान भएको हो । बस्ती बसाउन वन समूहले लाग्ने केही खर्च व्यवस्थापन गरिदिएको छ ।

    समस्यामा रहेका दुबै पक्षलाई निर्णय प्रक्रियामा सामेल गराएर आफैँ निर्णय गर्न लगाउँदा त्यसपछि दुई पक्षबीच कहिल्यै समस्या नआउने प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति सङ्गीता थापाले बताइन् ।

    ‘ढिलैगरी गरिएको छलफलले दीगो समाधान दिन्छ,’ उनले भनिन्, ‘हामीले दीगो समाधानकै लागि सहजीकरण गर्ने मात्र हो ।’

    केन्द्रले जिल्लामा उत्पन्न विवाद समाधान गर्न मध्यमार्गीको भूमिका खेल्दै आएको छ । जल, जमिन र पानीका विषयमा स्थानीयसँग विवाद उत्पन्न हुने गरेको छ ।

    राष्ट्रिय स्रोतव्यक्ति थापाका अनुसार जित–जितको फर्मुला अपनाएर दुवैपक्षको सहभागितामा विवाद समाधान गरिदै आएको छ । जिल्लामा उत्पन्न कतिपय विवादहरु रुपान्तरणको प्रव्रिmयामा रहेको उनको भनाइ छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…