• २०७४ चैत्र ०७ बुधवार

    हेटौंडा । मन्त्रीलाई तिमी भन्ने आँट सितिमिति कसैको हुँदैन । परिवारका जेष्ठ सदस्यबाहेक आम मान्छेले मन्त्रीलाई प्रयोग गर्ने शब्द आदरार्थी नै हुन्छन् । तर, हेटौंडामा एक ब्यापारिक घरानाकी महिलाले प्रदेश सरकारका मन्त्रीलाई ‘तिमी पनि यहाँ ?’ भनेर सार्वजनिकरुपमै प्रश्न गरेपछि केहीबेर खैलाबैला मच्चियो ।

    माओवादी अध्यक्ष प्रचण्ड हेटौंडा पुगेका बेला उनलाई भेट्न पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई व्यवसायी अजेयराज सुमार्गीकी पत्नी अस्मिता सुमार्गीले सोधिन्– ‘ए तिमी पनि यहाँ ?’

     

    हेडौंडा मुकाममै बसेर मन्त्रालय हाँकिरहेका मन्त्री दुलाल अस्मिताको प्रश्न सुनेर अक्क न बक्क भए । अनि खिस्स हाँस्दै भने– ‘अँ म यतै छु ।’

    मन्त्री दुलालको उत्तर नसकिँदै अस्मिताका पति अजेयराज सुमार्गीले ‘उहाँ अहिले प्रदेशको मन्त्री हुनहुन्छ’ भने ।

    लगत्तै अस्मिताले भनिन्– ए, थाहा थिएन ।

    मन्त्रीलाई व्यापारीकी पत्नीले तिमी भनेर सबैका सामु सम्बोधन गरेपछि हेटौंडामा तरंग पैदा भएको छ ।

    सुमार्गीले व्यवस्थापन गरेको हेलिकोप्टरमा सिराहा पुगेर मंगलवार साँझ फर्किएका प्रचण्ड हेटौंडामा लामो समय सुमार्गी परिवारसँगै रहे । प्रचण्ड तीन घण्टा सुमार्गीको निवासमा बसेका थिए । उनले त्यहाँ केही गोप्य भेटघाटसमेत गरेका थिए ।

    बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कुनै औपचारिक कार्यक्रम बिना नै हेटौंडामा आएको बताए ।

    प्रचण्डसँगै रहँदासमेत पटक–पटक सुमार्गीको घरमा पुगेका प्रदेश मन्त्री दुलाललाई गरिएको सम्बोधनले भने हेटौंडामा अहिले निकै चर्चा पाएको छ ।

    कुनैबेला प्रचण्डको अंगरक्षक रहेका मन्त्री दुलाललाई प्रचण्ड परिवारसँग उठबस गरेकी अस्मिताले सायद यसअघि पनि यसै गरी तिमी भन्थिन् कि ?

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…