• झापा ।  मेचीनगरको इटाभट्टामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आउने भएको छ ।
    विआर ग्यालेरीको पोडक्सन रहेको थ्री डि को सिटी सिनेमा हल सञ्चालनको अन्तिम तयारीमा पुगेको हो

    २०६४ सालदेखि इटाभट्टा क्षेत्रमा एफएफ मेची ट्युन्स सञ्चालन गर्दै आएका सञ्चार उद्य्यमी प्रज्जवल घिमिरेले सञ्चालनमा ल्याउन लागेको उक्त हल यहि चैत महिनाभित्र सञ्चालनमा आउने छ ।

    ४ करोडको लागनीमा निर्माण गरिएको निर्माण भएको उक्त सिनेमा हलको निर्माण कार्य लगभग सकिएको छ । उक्त हल गत बैशाख महिनाबाट काम गर्न सुरु गरिएको थियो ।

    २ सय २० सिट क्षमता रहेको उक्त हलमा डब्ली डिजिटल साउण्ड, फोर के प्रोजेक्टर, लक्जरी सिटको व्यवस्था, ३ डि पर्दा, फुल एसीको व्यवस्था रहेको सञ्चालक प्रज्जवल घिमिरेले बताए । साथै हल परिसरमा सुविधा सम्पन्न सामुदायिक हल, सिटी मार्केट समेत सञ्चालनमा रहनेछ हल सञ्चालनमा आएपछि २० जना स्थानीय युवाहरुले प्रत्यक्ष रोजागारी पाउने सञ्चालक घिमिरेले बताए ।

    मेचीनगरको केन्द्रविन्दुमा रहेको इटाभट्टालाई व्यवसायिक क्षेत्रका रुपमा थप विकास गर्दै लैजाने उदेश्यका साथ हल सञ्चालनमा ल्याएको सञ्चालक घिमिरेले बताए । साथै उनले सानै देखि यहि क्षेत्रमा रहेर काम गरेको अनुभव हाँसिल गरेको समेत बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…