पथरीशनिश्चरे, ७ चैत
मोरङको पथरीशनिश्चरेमा विकास निर्माणको क्रमले तीव्रता पाउने क्रममा वडा नम्बर ३ को पिपलचोक भोटेघुम्तीस्थित गोही होलीमा निर्माण हुने पुलको आज शिलान्यास भएको छ ।
नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितले पुलको शिलान्यास गर्नुभयो ।
नगरपालिकाको नगर विकास योजना अन्तर्गत ३५ लाख, उपभोक्ताबाट ५ लाख २५ हजार र जनश्रमदान वापतको ५७ हजार ४ सय ८१ गरी कुल ४० लाख ८२ हजार ४ सय ८१ रुपैयाँको लागतमा पक्की पुल बन्ने भएको उपभोक्ता समिति अध्यक्ष चन्द्रबहादुर थेगिमले जनाउनु भयो ।