• ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको आयोजनमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम बुधवारबाट सुरु भएको छ ।
    झापा जिल्लाका बिभिन्न क्षेत्रमा बिगत लामो समय देखि जल, जमिन, जंगल क्षेत्रको बिबाद समाधान गर्न सफल बन्दै आएको यस समूहको आयोजनामा झापाको बिर्तामोडमा ८ दिने यो तालिम सुरु भएको हो ।

    तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले गरेका थिए । प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरणका स्रोत ब्यतिm संगीता थापाको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नारी संचार गृह झापाकी अध्यक्ष अम्विका भण्डारी, बिर्तामोड वडा न ३ का वडाध्यक्ष भोजराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    चैत्र १४ गतेसम्म संचालन हुने तालिममा जिल्लाका ३० जनाको सहभागिता रहेको छ । तालिममा स्रोत ब्यतिm संगिता थापा, उमा थापाले प्रशिक्षण दिइने बताइएको छ । उदघाटन कार्यक्रमको संचालन मानबहादुर कार्कीले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…