२०७४ चैत्र ०८ बिहीवार
चन्द्रगढी । जिल्ला कारागार झापाका एक कैदी बन्दीले आत्माहत्या गरेका छन् ।
भारतका ३१ वर्षिय रबिन्द्र मेचेले शौचालयको भेन्डिलेसनमा सनपाटको डोरीमा पासो लगाइ आत्माहत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रबक्ता जितेन्द्र बस्नेतले बताए ।
२०७३ साल चैत ४ गतेदेखि लागुऔषध मुद्धामा पुर्पक्षाका लागि थुनामा रहेका मेचेको झुण्डिरहेको अवस्थामा प्रहरीले फेला पारेको प्रबक्ता बस्नेतले जानकारी दिए । उनको शवलाई पोष्ट मार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।