• काठमााडौं– काठमाडौं महानगरपालिका नजिकै रहेको गुलाब स्वीटस् र होटल सालिमारमा भीषण आगलागी भएको छ ।

    बुधबार साँझ उक्त आगलागी भएको हो ।

    अन्डरग्राउण्डमा रहेको जेनेरेटर पड्किएर आगलागी भएको बताइएको छ ।

    प्रहरीका अनुसार आगलागी शुरु भएको स्थानमा गुलाबको कोइला भण्डार रहेको थियो ।

    आगलागी पछि त्यहाँ फँसेका १३ जनाको उद्दार गरिएको छ । मानवीय क्षतिको कुनै विवरण छैन ।

    अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका वारुण यन्त्रसहित नेपाली सेना र प्रहरी टोली आगलागी नियन्त्रणको प्रयासमा रहेका छन् ।

    आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…