• एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले, आफ्नो सामाजिक संजालले गल्ती गरेको स्वीकार गरेका छन् । लाखौं फेसबुक प्रयोगकर्ताको विवरण राजनैतिक कारोबारीले शोषण गरेको भन्दै जुकरबर्गले फेसबुकबाट गल्ती भएको स्वीकार गरेका हुन् ।

    राजनीतिक ग्राहकका लागि क्याम्ब्रिज एनालाइटिकाले लाखौं फेसबुक प्रयोगकर्ताका विवरण अवैध तरीकाले प्रयोग गरेको आरोप लागेको छ । फेसबुकबाटै पहिलो वक्तव्य दिँदै जुकरबर्गले “विश्वासघात'' भएको बताएका हुन् ।

    साथै उनले प्रयोगकर्ताको विवरण सुरक्षित बनाउन फेसबुकमा कठिन खालको एप्लिकेशन राखिने वाचा पनि गरेका छन् ।  फेसबुकका प्रमुख कार्यकारी जुकरबर्गले भनेका छन् “तपाईंको विवरण सुरक्षित गर्नु हाम्रो दायित्व हो, यदि हामीले सकेनौं(सुरक्षा गर्न) भने, हामी तपाईंको सेवाका लागि लायक हुँदैनौं । मैले फेसबुक शुरु गरें, अनि अन्तमा हाम्रो संजालमा हुने गतिविधिप्रति म नै जिम्मेवार हुनुपर्छ“ ।
    जुकरबर्गले के गर्छु भनेका छन् ? 


    •  लाखौंको संख्यामा प्रयोगकर्ताको विवरण हेर्ने गरी उनीहरुले कसरी पहूँच बढाए भन्नेबारेमा फेसबुकका सबै एप्लिकेशनको अनुसन्धान गर्ने ।

    •  शंकास्पद गतिविधि देखिने कुनै पनि एप्लिकेशनको पूर्णरुपमा जाँचपड्ताल गर्ने

    • पूर्ण लेखा परीक्षण गर्न असहमत हुने कुनै पनि एप्लिकेशन उत्पादक(डेभलपर)माथि प्रतिबन्ध लगाउने

    • व्यक्तित रुपमै पहिचान गर्न सकिने विवरणको दुरुपयो गरेका उत्पादकमाथि प्रतिबन्ध लगाउने र असर परेका सबै प्रयोगकर्तालाई उनीहरुकोबारेमा भण्डाफोर गरिदिने

    • अभिष्यमा हुनसक्ने दुरुपयोग रोक्न प्रयोगकर्ताका विवरणमा उत्पादकहको पहूँचमाथि कडाइ गर्ने

    • प्रयोगकर्ताले कुनै पनि उत्पादकको एप्लिकेशन ३ महिनासम्म सक्रिय नगरेको पाइएमा, त्यस्ता उत्पादकको प्रयोगकर्ताको विवरणसम्मको पहूँच हटाइदिने लगायत


    फेसबुकका ५ करोडभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने फर्मले अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि आलोचना सुरु भएको हो ।

    सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिकाले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…