• काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म तीन घण्टाको हुने छ ।

    पहिलो दिन विहिबार अनिवार्य अंग्रेजी विषको परीक्षा हुँदैछ । शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार चैते दशैं परेकाले परीक्षा नहुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

    परीक्षा चैत २० गते सकिने छ । प्राविधिक तर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछन् । यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार परीक्षार्थी छन् ।

    परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, ३ हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिएका छन् । गतवर्ष चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…