• आदरणिय मेरा सम्पुर्ण दर्शक स्रोता तथा शुभचिन्तक यसरी मेरो चरित्र हत्या भईरहेको कुरा जानकारी पाउदा म अत्यन्तै अत्यन्तै दुखि भएको छु । मर्माहित भएको छु ।

    म एक नेपालीको छोरा हु , मेरो लागि यो भन्दा अर्को कुनै जात नै छैन । मैले आजसम्म जात धर्म बर्ग र समुदाय बिच बिभेद गर्ने जस्ता निच बिचार राखेको छुइन र कहिल्यै राख्ने पनि छैन , म त संगीतमा जिवन खोजिरहेको एउटा तपाईहरु जस्तै साधारण नेपाली हो , आज तपाईहरुकै माया र हौसलाको कारण यो स्थान मा छु ।

    अनि संगीत मा कुनै जात धर्म बर्ग बिचको राजनिति हुनुहुदैन भनेर बिचार राख्दछु । तर अहिले सामाजिक संजालमा मेरो नाम लाई यसरि दुरुपयोग गरि मलाई जातित्व सहिष्णुता खल्बलाउने आरोप लागिरहदा म दुखि त छु नै तर त्यो भन्दा बढि सम्बन्धित समुदाय र वर्ग माथि पुगिरहेको चोटको लागि म माफि चाहान्छु । म तपाई हरु सबैलाई आदर गर्छु , तपाईहरु सबैको साथ माया पाउन चाहान्छु , म आइडल हुला नहुला त्यो भन्दा पनि बढि यसरी सामाजिक सन्जालमा मेरो चरित्र हत्या भएको कारणले म अत्यन्तै दुखि भएको कुरा तपाईहरु सम्पुर्ण मा जानकारी गराउदछु ।

    र यसरी जातिय युद्ध र मनमुटाव सृजना गर्ने ब्यक्ति निशान हुन नसक्ने कुरा सोचिदिनु हुन पनि सम्पुर्ण नेपाली मा म यहि स्टाटस मार्फत जानकारी गराउन चाहान्छु । तपाईहरुको निरन्तर साथको आशा गर्दछु । कृपया यो पोस्टलाई अत्यधिक सेयर गरिदिनुहोला ताकि सम्पुर्ण नेपाली माझ मेरो भनाई पुग्न सकेको होस ।
    " तपाईहरुको प्यारो निशान भट्टराई "

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…