उर्लाबारी । उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले जेष्ठ नागरिकहरुका लागि बिश्राम चौतारी बनाईदिनुभएको छ ।भोटेपुलमा रहेको चौतारामा छानो तथा फलैचा बनाएर उहाँले सो चौतारी बनाईदिनुभएको हो ।
जेष्ठ नागरिकहरु बिश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुख सुखका कुराकानी गर्ने श्रेष्ठले बताउनुभयो । उहाँले सौ चौतारी राष्टिय पत्रपत्रिकामा पनि पढ्न मिल्ने ब्यवस्था मिलाईदिनुभएको छ ।
बिहानको पत्रपत्रिका पढेर समाचारबारे गाउँलेहरु अपडेट हुन भनेर उक्त कार्य गरिएको श्रेष्ठले बताउनुभयो । बुवा इन्द्र नारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आएको बताउदैं श्रेष्ठले भन्नुभयो, सकुन्जल समाजिक काम गर्दै आफ्नो गाउँको सेवा गर्ने इच्छा छ । उहाँले गाउँका युवाहरुलाई फुटबल पनि सहयोग गर्नुभएको छ ।