• भीमराज अधिकारी

    ८ चैत्र २०७४

    राम नवमी २०७४ को अवसर पारेर मोरङ पथरीशनिश्चरे ५ हसन्दह भोटेघुम्तीमा पूर्वाञ्चल स्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगिता भइ रहेको छ । आज एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि एवं वडा नं. ५ का वडा अध्यक्ष जोगबहादुर धिमालले खेलको उद्घाटन गर्नुभएको हो ।

    ०७३ सालबाट रामनवमीको अवसर पारेर सुरु गरिएको पूर्वाञ्चल स्तरीय भलिबल खेल यो दास्रो पटकको आयोजना हो । प्रमुख अतिथि धिमालले शुभकामना दिदैँ आगामी दिनमा पनि यस्ता खेलहरु हुनु आवश्यक रहेको र यस्ता कार्यक्रममा आफ्नो तर्फबाट पनि पूर्ण सहयोग हुने बताउनुभयो । कार्यक्रममा स्थानिय समाजसेवी बद्री निरौला, शम्भू प्रसाद दाहाल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भलिबल खेल प्रमुख अतिथिले खेलाडीलाई बल सर्भिस गरेर उद्घाटन गर्नुभएको थियो ।

    झापा जिल्ला भलिवल संघ र पथरीशनिश्चरे भलिवल क्लव विचको आज भएको पहिलो खेलमा झपाले पथरीलाई २३/२५, २०/२५ र १५/२५ को सेटमा हरायो भने दोस्रो खेलमा ए पी एफ पकली सुनसरीले इनरुवा स्पोर्टिङ क्लव सुनसरीलाई ०/२५, ०/२५ को सेटमा हरायो । आजै भएको तस्रो तथा अन्तिम खेलमा मेहरमान स्मृति प्रतिष्ठान विर्तामोडलाई सवुज गण इटहरीले २४/२६, २५/१५ र १८/२५ को सेटमा हरायो । आजबाट सुरु भएको खेल चैत्र ११ गते समापन हुनेछ । १० वटा टिम सहभागी खेलमा बिजेताले ५१ हजार नगद र दितिय हुने टिमले ३१ हजार नगद सहित ट्रर्फी, मेडल र प्रमाण पत्र पाउने छन् ।



    भोलीका खेलहरुमा पहिलो खेल क्षेत्रिय प्रहरी कार्यालय रानी बिराटनगर र झुम्का स्पोर्टिङ क्लव सुनसरी बिच हुनेछ । दोस्रो खेलमा आयोजक राम जानकी भलिबल क्लव र झापा जिल्ला भलिवल संघ बिच खेल हुनेछ भने भोलीको अन्तिम खेलमा तरहरा भलिबल क्लव सुनसरी र सवुज गण इटहरी बिच हुने अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभएको छ ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…