• देबु बानियाँ, काँकरभिट्टा। कर्माछिरिङ शेर्पाको नेतृत्वमा रहेको परिवर्तन प्यानलका उम्मेद्वारहरुले आफ्नो पक्षको विजय निश्चित रहेको दावी गरेका छन् ।
    जिल्ला फुटबल संघले बिहीबार काँकरभिट्टामा आयोजना गरेको उम्मेद्वार परिचयात्मक कार्यक्रमकामा उक्त प्यानलका उम्मेद्वारहरुले यस्तो दावी गरेका हुन् ।
    २२ वर्षपछि हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा
    आगामी चैत १४ गते हुदैँछ ।
    ‘परिवर्तनको निम्ति सामूहिक एकता, पारदर्शिता हाम्रो प्रतिबद्धता’ भन्ने मल नारासहित हुन लागेको निर्वाचनको अध्यक्षका प्रत्याशी कर्मा छिरिङ शेर्पा बाहेकका अधिकाँंश उम्मेद्वारहरुले आफ्नो उम्मेदरवारीको औचित्य बारे स्पष्ट पारेका छन् ।
    उपाध्यक्ष पदका प्रत्यासी मध्येका एक पङ्कजविक्रम नेम्बाङ्गले परिवर्तन प्यानललाई काठमाण्डौंका क्लवबाट ३ चौथाई र जिल्लास्तरबाट दुई तिहाईको समर्थन रहेको ठोकुवा गरेका छन् ।
    उपाध्यक्ष पदका अर्का उम्मेद्वार विरबहादुर खड्काले परिवर्तन समूहका उम्मेद्वारहरुले २ तिहाई मतका साथ विजय प्राप्त गर्नेमा शंका नगर्न विश्वस्त पार्दै परिवर्तन समूहको अन्य प्यानलसंग प्रतिष्पर्धा हुनै नसक्ने जिकिर गरे ।
    कार्यक्रममा एन्फाका वर्तमान केन्द्रीय सदस्य एवम् सो प्यानलबाट उपाध्यक्ष पदका उम्मेद्वारहरु पङ्कजविक्रम नेम्बाङ, वीरबहादुर खड्का, उपेन्द्रमान सिंह र कृष्ण थापाको उपस्थिति थियो ।
    त्यस्तै सदस्य पदका उम्मेद्वारहरु रत्न श्रेष्ठ, कुमार केसी, रविन्द्रनाथ श्रेष्ठ, प्रदेश सिंह राठौर, पूर्णमान चित्रकार, दावा लामा, विजय घले र निरज खड्गी पनि कार्यक्रममा सहभागी थिए ।
    उनीहरुलाई जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, संघका सचिव शेरबहादुर बस्नेत (सुन्दर), काँकरभिट्टा भेट्रान फुटबल क्लवका अध्यक्ष गंगालाल गुरुङ, जिल्ला रेफ्री संघका अध्यक्ष प्रदिप बस्नेत, फुटबल प्रशिक्षक दिपक कार्की, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतलगायतले शुभकामना दिएका थिए ।
    १७ सदस्यीय कार्यसमिति चयनका लागि हुने निर्वाचनअघि एक महिला सदस्य सर्वसम्मत रुपमा निर्वाचित भइसकेकाले अन्य उम्मेद्वारहरुको यहि चैत १२ गते आधिकारीक रुपमा प्यानल घोषणा गरिने जनाइएको छ ।
    उक्त निर्वाचनमा प्रतिनिधिमूलक रुपमा ४५ जिल्ला, ‘ए’ डिभिजनबाट १४, ‘बी’ डिभिजनबाट ९, ‘सि’ डिभिजनबाट ५ र केन्द्रीय कार्यसमितिबाट ४ जना गरी कुल ७७ जना मतदाता रहेका उपाध्यक्ष पदका उम्मेद्वार नेम्बाङले बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…