• २०७४ चैत्र ०९ शुक्रवार

    बैतडी, ८ चैत,  बैतडीको सीमा नाका झुलाघाटबाट बिहीबार प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ ।

    बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा नाका प्रहरीचौकी झुलाघाटका प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताए ।

    जसमध्ये २८ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने २४ जनालाई अहिले सीमा नाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेको पाण्डेयले बताए ।

    बाह्र वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घर परिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ ।

    उद्धार गरेका सबै बालकलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …