• दिनेश खड्का

    विराटनगर, ९ चैत । पद्मा मिडिया ग्रुपले वरिष्ठ पत्रकार केदार कोइरालालाई माउण्टेन टेलिभिजनको समाचार निर्देशकमा पुर्नबहाली गरेको छ ।

    काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै पद्मा मिडिया ग्रुपले वरिष्ठ पत्रकार कोइरालालाई समाचार निर्देशकमा पुर्नबहाली गरेको हो । प्रहरीले गत जेठको दोस्रो साता कोइरालालाई पक्राउ गरेको थियो । तर प्रहरीले लगाएको आरोप अदालतले गलत भएको ठहर गरी कोइरालालाई गत सोमबार रिहा गर्ने आदेश दिएको थियो । पक्राउ पर्दा बखत कोइराला टेलिभिजनको समाचार निर्देशक पदमै कार्यरत थिए ।

    पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेलले झुठो अभियोग लगाएर पक्राउ गरिएका कोइरालाको रिहाइले न्यायालयमाथिको विश्वास थप बढेको भन्दै कोइरालालाई पुर्नबहाली गरेको बताए । उनले कोइरालाको निर्देशकीय जिम्मेवारीमा माउण्टेन टेलिभिजनले समाचार र कार्यक्रममा आफूलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे ।

    यो पनि पढ्नु होस् : पत्रकार कोईराला निर्दोष ठहर, नौ महिनापछि पाए आदालतवाट न्याय

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …