झापा । मधेसी समुदायले मनाउने चैते छठ आज र भोलि भव्य रुपमा मनाउँदै छन् । नजिकको नदी तथा तलाउमा गएर शुक्रवार साँझको अस्ताउँदो सूर्यलाई अग्र दिएर मधेशी समुदायका महिलाहरु ब्रत बस्छन् । भोलि बिहानको उदाउँदो सूर्यलाई अग्र दिएर यो वर्षको छठ सम्पन्न गर्नेछन् । मधेशी परपरा अनुसार कात्तिक महिनामा मनाउने छठ ठूलो हुन् भने यो सानो छठका रुपमा मान्दै आएका छन् । साथै मिठो मसिनो खानेकुरा बनाएर प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।