• भीमराज अधिकारी, पथरी

    राम नवमी २०७४ को अवसर पारेर मोरङ पथरीशनिश्चरे ५ हसन्दह भोटेघुम्तीमा पूर्वाञ्चल स्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगिता भइ रहेको छ ।

    ०७३ सालबाट रामनवमीको अवसर पारेर हिजो बाट सुरु गरिएको पूर्वाञ्चल स्तरीय भलिबल खेल यो दास्रो पटकको आयोजना हो । आज भएका ३ वटा खेलमा पहिलो खेल आयोजक रामजानकी भलिवल क्लवलाई झापा जिल्ला भलिवल संघले २५/१७, २५/२० को सेटमा हरायो । दोस्रो खेलमा क्षेत्रिय प्रहरी कार्यालय रानी बिराटनगरलाई झुम्का स्पोर्टिङ क्लव सुनसरीले १४/२५ र २३/२५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी आजै भएको तेस्रो खेलमा सबुजगण इटहरीले तरहरा भलिवल क्लव सुनसरीलाई २५/२३, २५/१५ को सोझो सेटमा पराजित ग¥यो । हिजो देखि सुरु भएको खेल चैत्र ११ गते समापन हुनेछ । १० वटा टिम सहभागी खेलमा बिजेताले ५१ हजार नगद र दितिय हुने टिमले ३१ हजार नगद सहित ट्रर्फी, मेडल र प्रमाण पत्र पाउने छन् ।

    भोली सेमिफाइनलका २ वटा खेलहरु हुने अध्यक्ष सन्तोष थापाले बताउनुभयो । भोलीको पहिलो खेलमा झुम्का स्पोर्टिङ क्लव र सबुजगण इटहरी बिच र दोस्रो खेलमा एपी एफ पकली सुनसरी र झापा जिल्ला भलिवल संघ बिचका खेलहरु हुनेछन् । आजको पहिलो खेलमा रामजानकी भलिवल क्लवका सुरज लुइटेल, दोस्रो खेलमा क्षेत्रिय प्रहरी कार्यालय रानी बिराटनगरका बालकृष्ण रायमाझी र अन्तिम खेलमा तरहरा भलिवल क्लव सुनसरीका अनिस खाती म्यान अफ द म्याच घोषित भएका छन् ।

    म्यान अफ द म्याच र म्यान अफ द सिरिजको प्रायोजन स्थानिय युवा सुरेश दाहालले गर्नुभएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…