• २०७४ चैत्र १० शनिवार

    भीमराज अधिकारी, मोरङ

    मोरङको लेटाङ ९ मा आज वैज्ञानिक वन व्यवस्थापन सम्वन्धि एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार मञ्चद्धारा आयोजित कार्यक्रम मोरङको लेटाङ ९ जातेँमा रहेको वसन्त हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो ।

    कार्यक्रममा सहभागि अधिकांसले वैज्ञानिक वन व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

    नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भटराइको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहायक जिल्ला वन अधिकृत राम लखन ठाकुर रहनु भएको थियो । कार्यक्रम बोल्दै उहाले वैज्ञानिक वन व्यवस्थापन आफ्ना लागि भन्दा पनि आफ्ना भावी सन्ततिका लागि भएको बताउनुभयो ।

    उहाँले ८० वर्ष सम्म नेपालीको सरदर आयु नै नभएका कारण हाम्रा सन्ततिका लागि वन व्यवस्थापन अति आवश्यक रहेको उल्लेख गर्नुभयो । तत्काललाई कुप फडानी कार्य रोकीएको भएता पनि चाडैँ नै पूनः काम सुरु हुने बताउनुभयो ।

    सहायक वन अधिकृत लाटीमmोडाका सम्लाहुदिन अन्सारीले वैज्ञानिक वन व्यवस्थापन र ८० बर्षको वालिचक्रका वारेमा विस्तृत रुपमा जानकारी दिनुभएको थियो ।



    उहाँले ,“ कुनैपनि समयमा आवश्यक पर्ने काठ दाउरा अपुग नहुनेगरी व्यवस्थापन गरीनु नै वैज्ञानिक व्यवस्थापन भएको वताउदै पुनर्उत्पादनका लागि माउ रुखका रुपमा प्रतिहेक्टर १५ देखि २५ वटा रुख छाडिनुपर्ने र वन कटान गरेको ठाउमा अनिवार्य रुपमा नयाँ विरुवा उत्पादन हुनुपर्ने वैज्ञानिक व्यवस्थापनको अवधारणा रहेको वताउभयो ।

    वैज्ञानिक वन व्यवस्थापन सम्वन्धि वुझाइ कम भएका कारण भइरहेको काम रोक्न मुख्यमत्रीको आदेशप्रति असन्तुष्टि जनाउदै उहाँले मिडियालाई पनि यस सम्वन्धि गहिरो अध्ययन गरेरमात्र समाचार सम्पे्रशण गरिदिन आग्रह गर्नुभयो ।

    विभिन्न वनका पदाधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन र सञ्चारकर्मीको भुमिकाका विषयमा अतिथिहरुले आफ्नो आफ्नो धारणा राख्नुभएको थियो ।

    लेटाङ वडा नं. ९ का अध्यक्ष कृष्ण प्रसाद लुइटेल, नेपाल पत्रकार महासंघ उपाध्यक्ष कुमोद अधिकारी, पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समिति अध्यक्ष प्रकास पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

    वक्ताहरुले यसैविच हाल राष्ट्रिय योजना वनाएर नै सुरु गरिएको वैज्ञाकि वन व्यवस्थापन रोक्दा यहाँ आवश्यक पर्ने काठ बाहिरी मुलुकबाट मगाउदा राज्यलाई हुने आर्थिक घाटालाई पनि ख्याल गर्नुपर्ने बताएका छन् ।

    वसन्त हरियाली, पथरीशनिश्चरे साझेदारी वन, हरियाली सामुदायिक वन र शान्ति सामुदायिक वनले गरेको वैज्ञानिक वन व्यवस्थापन र सिमसार संरक्षणको पनि स्थलगत अनुगमन गरीएको थियो ।

    अनुगमनका क्रममा ६० प्रतिसत सम्म काठहरु पोचा तथा दाउरामा मात्र प्रयोगमा आउने खालका पाइएको छ । यसरी खेर जाने भएकाले समयमा नै उपयोग गर्नका लागि पनि वैज्ञानिक बन व्यवस्थापन अति आवश्यक रहेको बुझिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…