• झापा । झापाका दुई मदिरा उद्योगले मदिरामा नक्कली स्टीकर टाँसेको पाइएपछि आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेको छ ।
    डा. युवराज खतिवडा अर्थमन्त्री भएर आएपछि नक्कली स्टीकरमा मेजर अपरेसन सुरु भएको हो । यसअघि नक्कली स्टीकर लगाउने मदिरा भेटिए पनि कुनै कारवाही हुँदैन्थ्यो ।
    आन्तरिक राजस्व कार्यालय झापाले शिवसताक्षी नगरपालिकास्थित भोलेबाबा लिकर्स र गौरादह नगरपालिकामा सञ्चालित विनर्स लिकर्सको कार्यालय, गोदाम, कारखाना लगायतका महत्वपूर्ण ठाउँमा सिलबन्दी गरेको हो । दुबै उद्योगबाट ५० र ७० युपीका सस्ता प्रकारका मदिराको उत्पादन र बेखबिखन गरिँदै आएको छ ।
    आन्तरिक राजस्वले भोलेबाबाको कारखाना र गोदाममा गत चैत ३ गते र विनर्स लिकर्समा गत चैत ५ गते छापा मारेर सिलबन्दी गरेको हो । आन्तरिक राजस्वको दमक शाखाका अधिकृत तिलक थापाका अनुसार सदरमुकाम चन्द्रगढीस्थित कार्यालयबाट आएको टोलीले सिलबन्दी र मुचुल्का गरेको हो । दुबै उद्योगबाट उत्पादित मदिरामा टाँसिएका अन्त शुल्कका स्टिकर नक्कली भएको आशङ्का गरिएको छ ।
    शङ्काको घेरामा परेका त्यस्ता स्टीकरहरु डिस्ट्रिब्युटर र होलसेलरबाट तथा उद्योगका गोदामबाट पनि निकालिएका छन् । दुबै उद्योगका स्टीकरसहितका मदिराका बोतल विभागमा परीक्षणका लागि पठाइएको छ ।
    आन्तरिक राजस्व विभागका निर्देशक नारायण भण्डारीले झापाबाट दुई मदिरा उद्योगका उत्पादनमा टाँसिएका अन्तः शुल्कका स्टीकर परीक्षणका लागि आइपुगेको पुष्टि गरे ।
    ‘दुबै उद्योगबाट स्टिकर आइपुगेका छन्’, निर्देशक भण्डारीले भने, ‘तर ती नक्कली हुन् वा सक्कली भन्ने परीक्षण भइसकेको छैन । विभागले छिट्टै विशेषज्ञ बोलाएर परीक्षण गर्न लगाउँदैछ ।’
    विभागले मुलुकका विभित्र मुख्य १० ठाउँबाट त्यहाँ उत्पादित मदिरामा टाँसिएका स्टिकर अध्ययन र परीक्षणका लागि मगाएको भण्डारीले जानकारी दिए ।
    ‘उद्योगबाट मात्र होइन’, उनले भने, ‘डिस्ट्रिब्युटर, होलसेलर र खुद्रा पसलेबाट पनि सङ्कलन गरिएको छ । नक्कली स्टिकरका विषयमा विभाग गम्भीर छ र यस विषयमा कडा कारबाही गर्ने नीति अख्तियार गरिएको छ ।’
    झापाका साथ सुनसरीको धरान, सिराहाको लाहन र काठमाडौँका दुई स्थान तथा तराईका केही जिल्लाबाट मदिरामा टाँसिएका स्टिकर अध्ययन र परीक्षणका लागि झिकाइएको उनले बताए । निर्देशक भण्डारीले नक्कली स्टीकर रोक्न विभाग देशैभरि सक्रिय रहेको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…