• काठमाडौं - सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब ९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका ७ का ३२ बर्षीय रमेश सुनार र उनैका भाइ ३० बर्षीय दिनेश सुनार रहेका छन् ।

    अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएको प्रहरीले जानकारी दियो ।

    त्यसपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकलसहित दिनेशलाई बिहीबार चितवनाट पक्राउ गरिएको हो । आजको नोपल समाचारपत्रको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…