• तेजन खड्का
    उर्लाबारी भदौ २८ गते । चर्चित रियालिटि सो नेपाल आइडलको फाइनल राउण्डमा पुगेका निशान भट्टराईको गृह नगर उर्लाबारीमा भव्य स्वागत गरिएको छ । उनको स्वागतमा उर्लाबारीमा जनसागर नै उर्लिएको थियो । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला आएका हुन् ।

    https://www.youtube.com/watch?time_continue=10&v=NclMFTHLnmE

    उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेतहरु भेला भएका थिए । नेपालको शान निसान भन्दै उर्लाबारीमा माहौल नै तातिएको थियो । उर्लाबारी चौकमा दर्शक दिर्घाहरु निसानको उपस्थितीमा निक्कै रमाएका थिए । युवा युवतीहरु निसानसँग सेल्फि खिचाउन ब्यस्त देखिए । प्रहरी प्रशासनलाई माहौल नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । निसानलाई अक्कमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो । कुनैपनि कलाकार उर्लाबारीमा आँउदा सम्भवत यो नै पहिलो ठुलो भीड हो । जसको कारण माहौल नै अस्तब्यस्त बन्यो ।


    उनले त्यहाँ उपस्थित शुभचिन्तकको आग्रहमा ‘छोरीभन्दा आमा तरुनी’,आफ्नै गाउँ फर्कि आए, दैव हे लगायतका आधादर्जन गीतहरु पस्किए । गृहनगर आएपछि निक्कै उत्साहित भएका निसानले अझै हौसला बढेको बताए । उनले आफु राम्रो प्रस्तुति दिन तल्लिन रहने बताउदैं धेरै भन्दा धेरै भोट गरेर नेपाल आइडल बनाउन आग्रह गरे ।
    उनले आफुलाई यहाँ सम्म ल्याई पुरर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे ।



    कार्यक्रममा बोल्दै उर्लाबारीका मेयर खड्ग फागोले निसानको लागि उपस्थित उर्लाबारीवाशीसँग भोट मागे । निसान उर्लाबारीको भएर भन्दा पनि आइडल कै उत्कृष्ठ प्रतिभा भएकोले देशवाशी लाग्नुपर्ने उनको भनाई थियो । फागोले नारायण गोपाल अरुणा लामाहरु जातले भन्दा पनि प्रतिभाले अमर भएको बताए ।

    https://www.youtube.com/watch?v=gi42taSOGD8

    मंगलवार मोरङ झरेका निशानले विराटनगर इटहरी,पथरी मा पनि भब्य स्वागत गरिएको थियो ।
    झण्डै ५ महिना पछि गृह निवास आएका उनलाई बिहान ११ बजे विराटनगर विमानस्थलमा उत्रिएका निशानलाई विमानस्थलमा शुभेच्छुकहरु लिन गएका थिए ।

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…