• काठमाडौँ ।चैत्र शुक्ल पक्षमा मनाइने वासन्तीय नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन शनिवार उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, श्वेतकाली, रक्तकाली, गुह्येश्वरी, जयवागेश्वरी, बज्रयोगिनी, इन्द्रायणी लगायत शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।

    आज शनिबार परेकाले पनि शक्तिपीठमा भक्तजनको बढी भीड लागेको हो । शारदीय नवरात्रमा जस्तो विशेष पर्वका रुपमा नमनाए पनि शक्तिको आराधना गर्नेले चैते दशैँमा दुर्गा देवीको पूजा, आराधना एवम् सप्तशती चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरेका छन् ।

    उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, मनकामना, छिन्नमस्ता, गहवामाईलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । वर्षमा चारवटा नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रलाई विशेष रुपमा मनाइन्छ ।

    असार शुक्ल र पुस शुक्ल पक्षको नवरात्रको भने चर्चा हुँदैन । साधकले भने वर्षका चारवटै नवरात्रमा शक्ति प्राप्तिका लागि दुर्गा देवीको उपासना गर्छन् । विसं २०६३ अघि चैत्र शुक्ल अष्टमी र भोलिपल्ट रामनवमीका दिन चैते दशैँ पर्वका अवसरमा बिदा दिने गरिन्थ्यो । अहिले अष्टमीको बिदा कटौती गरी रामनवमीका दिनमात्र बिदा दिइन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…