काठमाडौं । चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको लिम्बु संस्कृतिमा आधारित हाक्पारे ख्याली पालम बोलको गीतले दर्शक स्रोताको मन जित्दै गएको छ । लिम्बू भाषामै गाईएको उक्त गीतमा मोडल मौषम लिम्बू र पार्वती राईले अभिनय गरेका छन् ।
भिडीयोमा लिम्बू कलासंस्कृति भेषभुषा रहनसहन देखाइएको छ । गीतको छायाँङ्कन फर्पिङमा गरिएको थियो । लोकेश साँवाको निर्देशन रहेको भिडियोको छायाँङ्कन अर्जुन तिवारीले गरेका हुन् ।