• काठमाडौं । भारत र बंगलादेशबाट चोरीनिकासी गरी नेपाल भित्राएको चिनीलाई मंहगोमा बिक्री गर्ने उदेश्यका साथ सरकारी लविङमा लागेका चिनी व्यापारीले फेरी भन्सार दरबृद्धिको खेल सुरु गरेका छन् । सरकार परिवर्तनसंगै भन्सार दरबृद्धि गर्न चिनी व्यवसायीहरु अहिले सिहरवारमा रन्थनीएर बसेका छन् । व्यापारीहरुले उखु किसानलाई देखाउदै आफ्नो इच्छा पुरा गर्ने र अत्याधिकमात्रामा नाफा खाने उदेश्यका साथ तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर भन्सार दर बृद्धि गर्ने गरि प्रतिबेदन तयार भएको थियो । व्यापारीहरुले भन्सार दरबृद्धि गर्ने माग राखेपछि बजारमा चिनीको मुल्य प्रतिकेजी १० रुपैयाँ बृद्धि भई खुद्रा मुल्य ९० रुपैयाँमा बिक्री हुदै आएको छ ।
    पछिल्ला दुइ बर्षदेखि बजारमा चिनीको मूल्यलाई लिएर निकै आलोचना भइरहेदा पनि व्यापारीहरुले मुल्य सिधै बढाउन नसम्ने भएपछि भन्सार दरबृद्धि गर्न दवाव दिदै आएका छन् । व्यापारीहरुले चिनीको उत्पदान लागत ७५ रुपैयाँ प्रतिकेजीको रहेको दाबी गरेको छ तर खुद्रामुल्य ९० रुपैयाँमा बिक्री वितरण हुदै आएको छ । आयाति चिनी सस्तो भएपछि मंहगोमा बिक्री गर्न ल्याएका व्यापारीहरुमा छट्पटी सुरु भएको छ ।

    विदेशबाट आयात हुने चिनी प्रतिकेजी ५५ रुपैयाँमा नेपाल आउने गरेको छ । कृषि मन्त्रालयले चिनीको अनुमानित उत्पादन मूल्य प्रतिकेजी ६२ रुपैयाँ ५० पैसामा हुनुपर्छ भनि रहेको छ । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत मुनाफा राखेर बजारमा पठाउँदा ७३ रुपैयाँ ५६ पैसा पर्न जान्छ, तर व्यापारीहरुले ९० रुपैयाँ प्रतिकेजीमा बिक्री हुदै आएको छ ।
    समयमा उखु किसानसंग नउठाउने र मुल्य समेत अहिले सम्म नदिएको घटना अझै चलिरहेको अबस्थामा माग अनुुसारको चिनी उत्पादन गर्न नसक्ने चिनी उद्योगहरुले अधिकाशं चिनी भारत र बंगलादेशबाट आयात गरेर नेपाली उत्पादनको लोगो टाँसेर मंहगोमा बिक्री गरिदै आएको छ ।

    आफुहरुले ल्याएको चिनी सस्तोमा बेच्नु पर्ने भएपछि रातारात आयातित चिनीमा भन्सार दर बढाउनु पर्ने भन्दै दवाव दिदै आएका छन् । चिनी उत्पादक संघ अनुसार नेपाल सबैभन्दा महंगोमा चिनी उत्पादन गर्ने मध्येको एउटा देश भएको भन्दै आएको छ । करिब १ लाख किसानले उखु खेती गरिरहेका छन् भने करिब २० लाख मेक्ट्रिटन उखु उत्पादन भइरहेको छ । चालु आर्थिक बर्ष २०७४/०७५मा ११ अर्ब रुपैयाँको उखु किसानले बिक्री गरेका छन् । यस बर्ष १ लख ७५ हजार मेक्ट्रिटन चिनी उत्पादन हुने बताइएको छ ।

    यसैबीच, रिलायन्स सुगर एन्ड केमिकल प्रालिले भारतीय उखु सस्तो दाममा खरिद गरेर नेपाली उखु कृषकलाई मारमा पारेको समाचार प्राप्त भएको छ । उद्योगले एक त किसानलाई चलान दिन आलटाल गरेको छ, अर्काेतिर भारतबाट सस्तो मुल्यमा उखु किन्न थालेको उखु किसान संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्दीले बताएका छन् । रिलायन्स चिनी मिलको अनियमितताको कारण करिब साढे ३ हजार उखु कृषकलाई डुव्ने अबस्थामा पुगेका छन् । सो चिनी मिलले दलाल लगाएर प्रति चलान १ हजार रुपैयाँमा असुली गर्न लागेको छ । चलान वितरणमा दलाल लगाएपछि वास्तविक किसानले निशुल्क रुपमा पाउनु पर्ने चलानबाट बञ्चित बनेका हुन ।

    पर्सामा ४ हजार बिघामा उखुखेती भएको र ४० प्रतिशत उखु किसानको खेतमै सुक्न थालेको छ । चिनी मिलले भारतबाट ६ लाख क्विन्टलभन्दाबढी उखु प्रति क्विन्टल ४ सयको दरमा खरिद गरी क्रसिग गरिरहेको आरोप छ । नेपाली उखु किसानको उखु प्रति क्विन्टल ५ सय ३१ रुपैयाँको दरमा खरिद गर्ने सम्झौता छ । रिलायन्सले पोखरिया, सबैठवा, बिन्दवासिनी, मनहर्वा र मिलनचोक गरी पाँच ठाउँमा उखु संकलन केन्द्र राखेको र सो ठाउँबाट नै भारतीय उखु खरिद गर्ने गरेको किसानले बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …