उर्लाबारी । उर्लाबारीमा लामो समयदेखी पत्रकारितामा क्रियाशिल अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई सम्मानित हुनुभएको छ । आज उर्लाबारी बहुमुखी क्याम्पसले आफ्नो १८औँ क्याम्पससभा तथा ३०औँ वार्षिकोत्सव कार्यक्रममा भट्टराईलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । पत्रकार भट्टराईलाई प्रदेश नम्बर १ का मुख्यमन्त्रि शेरधन राईले सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओडाउनुभयो । पत्रकार भट्टराई उर्लाबारीबाट प्रकाशित हुने न्यू पाथीभरा साप्ताहिकका प्रकाशक सम्पादक हुनुहुन्छ ।