• दैलेख, चैत १० – दैलेखको चामुण्डामा श्रीमानले आफ्नै श्रीमतीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएका छन् ।शुक्रबार दिउँसो रक्सी खाएर घरमा आएका सूर्यबहादुर राउतले श्रीमती डम्बरकुमारी राउतलाई गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएका हुन् ।घरमा कोही नभएको मौकामा उनिहरुविच विवाद भएको थियो ।

    त्यसपछि उनले डम्बरकुमारीलाई कुट्दै आगो फुक्न प्रयोग गरिने पाइपको ढुङ्ग्रीले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । ४० वर्षीय सूर्यबहादुर रावतले ३६ वर्षीया श्रीमती डम्बरकुमारी रावतलाई गडाजिउलामा यातना र दुव्र्यवहार गरेको कारण कारवाहीका लागि हिरासतमा राखिएको छ । पीडित महिलालाई घटनास्थलबाट उद्धार गरी गएराति नै दैलेख जिल्ला अस्पताल पु¥याइएको छ । उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डाक्टर निरन्जन पन्तका अनुसार योनीको बाहिरी सतहदेखि ४ इञ्च भित्र पाठेघरमा कडा घाउ लागेको छ ।

    पीडित महिला ओछ्यानबाट उठ्न नसकेको बताइएको छ ।पीडित महिलालाई धेरै पहिलेदेखि पासविक यातना दिने गरेको खुलेको कारण घरेलु हिंसा, यातना र ज्यान मार्ने उद्योगसम्मको मुद्दा चलाउने तयारी भएको छ ।माइतीमा कोही नभएकोले अस्पतालमा आफैले किन्नै पर्ने २–४ सयको औषधि पनि डम्बरकुमारीले किन्न नसकेपछि उनको स्याहार सुसार पनि अस्पतालकै कर्मचारी गरिहेका छन् । २० वर्षअघि विवाह गरेका डम्बरकुमारी र सूर्यबहादुरबाट २ छोरा र २ छोरी छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…