• काठमाडौं/ चर्चित पत्रकार रबी लामिछाने माथि गम्भीर आरोप लागेको छ । यो आरोप एक जना सामाजिक अभियन्ताले लगाएका हुन् ।

    रबी लामिछानेले समुदाय हेरेर विषय वस्तु उठान गरेको आरोप सामाजिक अभियन्ताले लगाएका हुन । सामाजिक क्षेत्रमा सक्रिय सरोज रायले रवी रामिछानेको लागि २ मुद्धा लिएर भेट्न गएका थिए तर रवि लामिछाने दुवै मुद्धा आफनो प्राथमिकतामा नपरेको भन्दै फर्काई दिए पछि अभियन्ता सरोज रायले सामाजिक सन्जालमा दुखेसो पोखेका छन् ।

    हिजो बडो आश लिएर रवी लामिछाने संग भेट्न न्युज २४ को कार्यालयमा गए । सउदी जेलमा १२ वर्ष देखि बन्द धनुषा जिल्लाको उमेश यादवको मुद्दामा यदि रवी लामिछाने केहि बोले भन्ने पकै पनि धेरै असर पर्छ र उसको टाउको काटेर २४ घण्टा झुण्डयाउने जुन आदेश सउदी अदालतले २०११ मा गरेको थियो त्यो रोकिन् एउटा दवाब सृजना हुन्छ भन्ने विश्वासको साथ रवी जी लाई यस मुद्दालाई उठाउन आग्रह गरे तर उसलाई र उनका टिमलाई यो मुद्दामा कुनै चासो नै देखिएन । फेरी, बर्दिवासमा एउटा १० वर्षीय बालक संग गरिएको दुष्कर्मको घटनालाई उठाउन आग्रह गरे तर यस मुद्दालाई उठाउँदा सामाजिक सदभाव विग्रिन्छ भनेर यसमा पनि चासो देखाएन। वर्दिवासको १० वर्षीय पिडित मधेशी समुदायबाट र दुष्कर्म गर्ने पहाडी समुदाय बाट रहेको छ। रवीजी ले यो मुद्दा उठाउन प्रमाणहरु मांगे । पिडित बालक र उनका बुवाले दिएको अन्तरवार्ताको विडियो म संग रहेको भए पनि यो प्रमाण अपुग भयो रे! सबै प्रमाण हामीले नै जुटाएर दिए भन्ने उनले के गर्ने छ? सामाजिक सद्भाव कसरि कायम रहोस! यो त् पत्रकारको विवेकमा भर पर्छ तर यसको नाममा यस्ता घटना नै नउठाउनु लाई कसरि बुझ्ने?
    पाकेको माछा खाने काम मात्र नगर्नुस, समात्ने काम पनि गर्नुस रवी जी ! ठिक छ रवी जी! एक नेपाली कै ज्यान रक्षाको लागि अर्को नेपाली समक्ष पुगेको थिए तर तपाईहरुको चासो नदेखिए पछि हामी संधै झैं मधेशीको रक्षार्थको लागि आफै प्रयाशमा जुटेका नै छौँ । टुडेखबरबाटg

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…