भीमराज अधिकारी
पथरी । दोस्रो पूर्वाञ्चल स्तरीय खुल्ला रामजानकी भलिवल खेलको फाइनल भोली हुने भएको छ । आज भएको सेमी फाइनलका खेलमा ए पी एफ पकलीले झापा जिल्ला भलिवल संघलाई २५/१९, २५/२२, २३/२५ र २५/२१ को सेटमा पराजित गर्दै फाइनल तय गरेको हो । आज नै भएको दोस्रो खेलमा रामधुनि भलिवल टिमले सबुजगण इटहरीलाई २५/१८, २५/२० र २५/१८ को सेटमा हराएपछि ए पी एफसंगको फाइनल भेट पक्का गरेको हो ।
१० टिम सहभागी खेलमा विजेताले ५१ हजार र उप विजेताले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रथम र दितिय ट्रफी र मेडल स्थानिय युवा रेवत बस्नेत (रोशन)ले गर्नु भएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषित गरिएको छ । म्यान अफ द म्याचको पुरस्कार भने स्थानिय युवा सुरेश दाहालले गर्नुभएको अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभएको छ ।
प्रत्येक वर्ष रामनवमीको अवसर पारेर खेलकुदका कार्यक्रमहरु गरिदै आएता पनि पूर्वाञ्चल स्तरीय भलिवल खेल भने यो दोस्रो हो । आगामी दिनमा पनि खेललाई जारी राखिने आयोजकले जानकारी दिएको छ ।