• देबु बानियाँ

    काठमाडौँ । शुक्रवार लहानमा बम विष्फोट गर्ने समूहको पहिचान गरी कडा भन्दा कडा कार्वाही गर्न नेपाल जेसीजले नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
    बम विष्फोटबाट लहान सिटी जेसीजका पूर्व अध्यक्ष विकस शारदासहित अन्य ३ जना घाइते भएका छन् । पूर्व अध्यक्ष शारदाले सञ्चालन गरेको विकास सुन चाँदी ट्रेडर्समा भएको घटनाप्रति घोर आपत्ती र भर्सना गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालद्धारा हस्ताक्षर विज्ञप्ति जारी गरिएको छ ।

    ‘विधिको शासन, व्यवसायिक स्वतन्त्रता र मानव अधिकारको रक्षाको विषयमा विगत ५४ वर्षदेखि क्रियाशील १४२ शाखाका १४ हजार युवाहरु उद्यमशिलतासँग जेडिएका छन् ।’ विज्ञप्तिमा लेखिएको छ–‘यसै विषयमा नेपाल जेसीजको एउटा शसक्त शाखा लहान सिटी जेसीजका प्रभावशाली अभियान्ता, युवा व्यवसायी पूर्व अध्यक्ष विकास शारदाको लहानस्थित विकास सुन चाँदी ट्रेडर्समा शुक्रवार भएको घटनाप्रति नेपाल जेसीज घोर भत्र्सना गर्दछ ।’
    अध्यक्ष बस्यालले विज्ञप्तिमा भनेका छन्–‘जेसीजको आस्था अनुसार कि आर्थिक न्यायको सर्वाेत्तम उपलब्धि, स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्धारा हुन सक्दछ भन्ने विषयमा हामी जेसीज परिवारले विश्वास गर्ने हुँदा यो समयमा विकास शारदामाथि भएको घटनाले हाम्रो व्यवसायिक स्वतन्त्रताप्रतिको सम्मानलाई घात पुगेको महसुस गरेका छौँ ।’

    दिउँसो १ बजे भएको उक्त घटनाबाट परिवारका अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । यसैगरी आक्रमणबाट लाखौ मुल्य बराबारको क्षति भएको छ । तसर्थ यो परिस्थितिमा स्थानीय सरकार र केन्द्रीय सरकारलाई तत्काल यस घटनाको सत्य तथ्य पत्ता लगाई यस्तो अपराधिक, उत्तेजक एवम् जघन्य गतिविधिमा संलग्नलाई कानुन बमोजिम कडा भन्दा कडा सजाय दिलाउन र धनजनको क्षतिपुर्तिको व्यवस्था गर्न अध्यक्ष बस्यालले विज्ञप्ति उल्लेख गरेका छन् ।

    यस्ता घटनाले देशका हजारौँ युवाहरुको मनोभावनामा नकारात्मक प्रभाव पर्ने बताउँदै अध्यक्ष बस्यालले तत्काल सरकारले यस सन्दर्भमा व्यवसायिक स्वतन्त्रताका लागि आवश्यक प्रभावकारी पहल गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…