• गोपाल काफ्ले
    पथरी  जेठ २८ गते । जिबि रबर फुटवल क्लव उर्लाबारी मंगलवारे मोरङको लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को फाईनल खेलमा प्रवेश गरेको छ । बुधबारको भएको सेमिफाईनल खेलमा बिराट मेघा स्पोट एकेडेमी बिराटनगरलाई १ का बिरूद्घ २ गोल गर्दै जि.बि. रवर मंगलबारे फाईनल खेलमा प्रवेश गरेको हो ।
    एडिभिजनका खेलाडि दिपक राई, विजय धिमाल, सन्जोग राई, विक्रम लिम्बू, पुजन उपर्काेटी लगायत ३ जना नाईजेरीयन खेलाडी सहित मैदानमा उत्रेको जि.बि. रवर मंगलबारेको लागि खेलको २० औं मिनेट कुर्नु परेको थियो ।

    दिपक राईको उत्कृष्ट पासमा मेस्सीले किपरलाई बिटमार्दै गोल गरेका थिए । बिराट मेघका कैलास बस्नेतले प्रहार गरेको एक पछि अर्काे बलहरु पोलमा लागि फर्किएको थियो । खेलको ४२ औ मिनेटमा बिराटका निरज बस्नेतले हानेको फ्रिकिक बारमा लागेर मैदानमा फर्केपछी बिरेन थारुले पोल चार्ज गर्दा डिबक्स भित्र जि.बि. मंगलबारेका सुरेन थापाको हातमा लागेपछि बिराटनगरले पेनाल्टी सुट हान्ने अबसर पाएको थियो । पेनाल्टीमा बिराटका बिरेन थारूले गोल गर्दै खेल बराबरी बनाए ।



    खेलमा बिराटका खेलाडीले निकै राम्रो अवसरहरु चुकाएका थिए । बिराटका निरज बस्नेतको प्रहार गरेको फ्रिकिक मंगलबारेका पिटरले बाईसाईकल प्रहार गरि खालि पोसमा गोल हुनबाट बचाएका थिए भने बिराटका खेलाडिले हानेको अर्काे बल पिटरलेनै खालि पोसमा हेड गरि बचाएका थिए । बिराटका पारश लिम्बुले निकै राम्रा अवसरहरु गोल गर्न बाट चुकोका थिए । खेलको ७८ औं मिनेटमा जि.बि. रवर मंगलबारेका मीन धिमालले निकालेको पासलाई माटिनले चेस्टले रोकी मिलाएको बल सन्जोक राईले उत्कृष्ट गोल गरे । त्यस पछि खेलमा कुनै गोल हुन नसकेपछी खेल जि.बि. रवर मंगलबारे बिजयी भयो । खेलको म्यान अफ द म्याच पिटर घोषित भए ।
    बिहीवारको दोस्रो सेमिफाइनल खेल आयोजक डाँगिहाट युथ क्लव मोरङ र बिर्तामोड युनाईटेड झापा बिच हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…