• २०७४ चैत्र ११ आइतवार

    नुवाकोट। प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा उनको गृह जिल्ला नुवाकोटमा प्रदर्शन भएको छ ।

    तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् ।

    नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार साँझ ढुँगेवजार देखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभामा संवोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटाले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने उद्धेश्यवाट प्रेरित रहेको आरोप लगाए ।

     

    नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्ट, पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ, बिद्यार्थी नेताहरु शंकर पान्डे, निरञ्जन थापा, कृष्ण मिश्र, पारस अधिकारी, पबन थापा, स्वेच्छा उप्रेती, लगायतले पनि उपसभामुखको अभिव्यक्तिको विरोध गरेका थिए।

    कोणसभाका सहभागिहरुले निर्वाचनमा बहुमत प्राप्त गरेको दम्भमा जनताको आस्थामा प्रहार भईरहे त्यसका विरुद्ध सशक्त प्रतिरोध गरिने चेतावनी समेत दिए ।

    प्रदेशसभा उपसभामुख तामाङले गाई मारेको आरोपमा पक्राउ परेका मकवानपुर जिल्लाका तीनजना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्दे गाई काट्नेलाई जेल हाल्ने कानुनी प्रावधान संसोधन हुनुपर्ने माग गरेपछि उनी विवादमा तानिएकी हुन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …