पथरी । पथरी जेसीजका पुर्व अध्यक्ष दीपेन्द्र तिम्सिना लाई नेपाल जेसीजले बर्ष २०१८ काे लागि नेपाल टुरिजम कमिटी प्रमाेसन चेयरमेन मा नियुक्त गरेको छ । नेपाल जेसीज बर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले तिम्सिना लाई नियुक्त गरेको बताउनु भयो ।
नेपाल भरीका जेसीजका युवालाई नेपालमा पर्यटनको बिषयमा जानकारी दिने उदेश्य रहेको तिम्सिनाले बताउनुभयो । यश अघि बर्ष २०१७ मा तिम्सिना नेपाल जेसीजकाे नेशनल मिडिया चेयरमेन हुनुहुन्थ्यो ।
वहाँलाई नेपाल जेसीजलाई मिडिया मार्फत राम्रो प्रचार प्रसार गरेको भन्दै राष्ट्रिय महाधिवेशनमा सम्मानित पनि गरिएको थियो । तिम्सिना पथरी जेसीज बर्ष २०१५ का अध्यक्ष हुन ।