• धुलाबारी । धुलाबारी मावि र विद्यालयको जमिन उपभोग गर्ने किसानहरु बीचको बिवाद समाधानका लागि १३ बुँदे सहमति भएको छ । धुलाबारी माविमा आयोजित सहमति पारितको संयुक्त बैठकमा सो १३ बुँदे सहमति भएको हो ।

    प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती लगायतको उपस्थितिमा शुव्रmवार किसानले विद्यालयलाई तिर्न बाँकी रहेको ठेक्काको ५० प्रतिशत चैत मसान्त भित्र तिर्ने, विद्यालयको जमिनमा बसोबास गरेका किसानले अर्को व्यवस्था नभएसम्म नयाँ संरचना नबनाउने, किसानले उपभोग गरेको जमिनको क्षेत्रफल यकिन गर्न नगरपालिकाको प्राविधिक सहयोग लिने, बसोबास क्षेत्र बाहेकको जमिन विद्यालयलाई फिर्ता गर्ने, किसानको ठेक्का मिनाहा गर्ने लगायतका १३ बुँदे सहमति पारित भएको विवाद समाधानका लागि सहयोगीको भूमिका खेलेको संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति सङ्गीता थापाले बताइन् ।

    धुलाबारी माविका व्यवस्थापन समितिका अध्यक्ष गणेशबिक्रम नेम्वाङको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, बिशेष अतिथि नगरप्रमुख विमल आचार्य, वडा अध्यक्ष गोपाल खड्का, वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी, राजनीतिक नेतृत्व प्रकाश भण्डारी, कृष्ण कनाल, सुनिता पनेरुलगायतले विवाद समाधानका लागि भएको सहमतिमा सबै पक्ष इमान्दार भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…