• काँकरभिट्टा । मेची नगरपालिका अन्तरगत वडा नं ४ मा सामाजिक सुरक्षा भत्ताको लागि निःशुल्क बैंक खाता खोलिएको छ ।
    शनिवार बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका विच विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरुको सहजताका लागि एक्सल विकास बैंकमा निःशुल्क खाता खोलिएको हो ।
    मेचीनरपालिका वडा नं ४ मा २ सय ८० जना जेष्ठ नागरीक, २ सय ५२ जना एकल महिला, आदिवासी जनजाति तथा लोपोन्मूख जाति ४१ जना, दलित जेष्ठ नागरिक ४६ जना त्यसैगरी दलित बालबालिका ३० र अपाङ्ग १० जना रहेका छन् । जसमध्ये ३ सय ७७ जनाले खाता खोलेका छन् । खाता खोल्न बाँकी रहेकाहरुलाई क्रमिक रुपमा खोलाउदै जाने र अशक्तहरुको हकमा घरमै गएर खाता खोलिदिने सुविधा रहेको बताइएको छ । खाता खोल्नेहरुले एक्सल विकास बैंकको शाखाहरुबाट सहजै पैसा निकाल्न पाउने वडा नं. ४ का अध्यक्ष नविन बरालले बताए ।
    सोही अवसरमा वडाध्यक्ष बरालले आज खाता खोल्ने जेष्ठ नागरीहरुलाई आफुले पाउने सेवा सुविधाबाट भोजन समेत गराएका थिए । उहाँले खाता खोल्न आउने करिब ५ सय वडाबासीहरुलाई खिर खुवाएका थिए ।
    बरालले वडामा विकासका पूर्वाधारको लागि कार्यहरु भइरहेको बताउनु भएको छ । उहाँले खासगरी शिक्षा, स्वास्थ्य र बाटोघोटोमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउदै विकासका कार्यमा उचित बजेट खर्च गरी नागरिकलाई विकासको अनुभूति गराउने ध्येय रहेको बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…