• झापा । नेपाल शिक्षक महासंघ मेचीनगरको अध्यक्षमा लेखनाथ पौडेल (केशव) चयन भएका छन् । फागुन १६ गते भएको महासंघको निर्वाचनमा मेचीनगरमा नेपाल शिक्षक संघ पहिलो भएको थियो । महासंघको विधान अनुसार पहिलो हुनेले अध्यक्ष र दोस्रो हुनेले सचिव पद पाउने प्रावधान रहेको छ । सचिवमा शिक्षक संगठनका अग्निप्रसाद घिमिरे रहेका छन् । अन्य पदहरु समेत बराबर सरह बाँडफाँड गरिनेछ ।
    सोही विधान अनुसार नेपाल शिक्षक संघले पौडेललाई अध्यक्षका रुपमा अघि सारेको थियो । पौडेल शहिद दशरथ चन्द मावि चारआलीका सहायक प्रधानाध्यापक हुन् । धुलावारी जेसीज, तारापुञ्ज साकोसलगायतका सामाजिक संघसंस्थाको नेतृत्व गरेका पौडेल मेचीनगरका सक्रिय युवा व्यक्ति हुन् ।
    उपाध्यक्षमा अर्जुन कार्की, सहअध्यक्षमा प्रेमबहादुर न्यौपाने, महिला उपाध्यक्षमा भुमादेवी सुब्बा, सहसचिव दिपक खनाल, महिला सहसचिव विनिता दाहाल, अर्थ सहसचिव सिताराम रिमाल रहेका छन् ।
    सदस्यहरुमा राजिव गिरी, भावना अधिकारी, उषा निरौला, जोत्सना राजवंशी, अनिता थापा, शंकर राजवंशी, नरबहादुर श्रेष्ठ र भगिरथ भण्डारी रहेका छन् ।
    संघिय संरचना अनुसार पहिलो पटक स्थानीय निकायमा महासंघको नेतृत्व आएको हो । यस अघि जिल्ला स्तरमा मात्र थियो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…