दीप लिम्बू/क्वालालम्पुर
मार्च-२५
करिब ५ बर्ष अघि रोजगारीको सिलसिलामा मलेशिया आइपुगेका धर्म लाल रोका मगरको आइतबार साझ आरम गरेकै अवस्थामा मृत्यु भएको छ।
म्याग्दी जिल्ला मालिका गाउँ पालिका वडा नम्बर -७ स्थायिबासी रोका आउट सोर्स भिसाको सुरक्षा गार्ड कम्पनीमा कार्यरत थिए। आइतबार राती काम सकेर कोठा आएपछि कुर्सीमा आराम गरेकै अबस्थामा मृत्यु भएको हो ।
श्रोतका अनुसार अहिले शब सेलायाङ अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ।भने मृत्युु हुनुको कारण खुलेको छैन।डाक्टरको रिपोर्टको विवरण आए पछि खुल्ने बताएका छन।