• मोरङ/ मोरङको पथरीशनिश्चरेमा एफएम रेडियो थपिने क्रममा रेडियो रिदमको उद्घाटन् भएको छ ।

    आइतवार एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले पथरी चोकमा स्थापित रेडियोको उद्घाटन् गरेका छन् ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख राईले रेडियोले नगरको चौतर्फीै विकासमा योगदान पुर्याउने अपेक्षा गर्दै स्थानीय सञ्चार संस्थाको प्रवद्र्धनमा नगरपालिकाले सहयोग पुर्याउने वताए ।

    कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सूचना संयोजक भूपेन्द्र तिम्सिना, रेडियो प्राइम उर्लाबारीका स्टेशन म्यानेजर मन नेम्वांग, रेडियो सिम्रिकका अशोक साम्पांग, पथरी एफएमका मोहन भट्टराई, वडाध्यक्ष याम गुरागाईं सहितले रेडियोको प्रभावकारी र निष्पक्ष सञ्चारको कामना गरेका छन् । सो अवसरमा रेडियोकर्मी भोला भट्टराईद्धारा लिखित न्यू ग्रामर गुरु पुस्तकको लोकार्पण समेत भएको छ ।

    पथरीशनिश्चरेमा एफएम रेडियोको संख्या ३ पुगेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…