• आर एन चौधरी थारु,

    क्वालालम्पुर/मार्च-२५

    प्रवासी लुम्बिनी सम्पर्क मञ्च मलेसियाको प्रमुख आयोजनामा मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजित पत्रकार सम्मेलन भब्य सम्पन्न भएको छ।
    प्रवासी लुम्बिनी सम्पर्क मंच मलेसियाले आउदै गरेको हरिरायामा हुने तिन दिने (पब्लिक होलि-डे) छुट्टिको सदुपयोग गर्दै भलिबल खेल प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत आयोजकलेेेे जानकारी दिएका हुन।

    रोजगारीको लागी प्रमुख गन्तव्य मानिने मलेसियामा कार्यरत रहनु भएका श्रमिक नेपालीहरु मध्य कोहि कलाकार छ्न त कोहि तेक्वान्दोका खेलाडी छ्न त कोहि पत्रकार पनि त्यसै गरि भलिबल खेलमा पनि रुचि राख्ने नेपालीहरु पक्कै पनि यहाँ मलेसियामा कहि कतै कुनै कुनामा लुकेर बसेको होलान् ,हो त्यही लुकेर बसेको भलिबल खेलाडीहरुको प्रतिभा लाई प्रदेश जस्तो ठाउँमा पनि उजागर गर्नको निम्ति ,खेलको क्षेत्रमा अझ अगाडि बढ्ने हौसला प्रदान गर्नको निम्ति यो भलिबल खेल प्रतियोगिताको आयोजना गर्न लागेको मञ्चका अध्यक्ष दानबहादुर राना मगरले भन्नू भयो।

    सो भलिबल खेलको आयोजना ग्रिन पार्क गोर्खाबस्ती राबाङ भन्ने ठाँउमा आउदो (Jun)जुन महिनाको १५,१६,१७ गते आयोजना हुने छ्न भने खेलमा सहभागी हुनको लागी टिम दर्ता शुल्क:-८०१ प्रती टिम आयोजकलाई बुझाउनु पर्ने हुन्छ ।भलिबल खेल प्रतियोगितामा बिजेताहरुको लागी निम्न बमोजिम पुरस्कारको ब्यवस्था गरिएको छ।

    पुरस्कारहरु:-
    प्रथम पुरस्कार :-आर एम ८०००|-ट्रफी,मेडल,प्रमाणपत्र
    दोस्रो पुरस्कार :-आर एम ५०००|-ट्रफी,मेडल,प्रमाणपत्र
    तेस्रो पुरस्कार :-आर एम ३०००|-ट्रफी,मेडल,प्रमाणपत्र
    बेस्ट प्लेयर अफ दि सिरिज हुने एक जना लाई सान्तावना पुरस्कारको समेत ब्यवस्था गरिएको छ।

    खेल टि.टि.नियम अनुसार खेलाइने छ।भनेे खेल समयमा कुनै किसिमको वादविवाद भएमा ,आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने छ।साथै टाढाबाट खेलमा सहभागीता जनाउन आउने खेलाडीहरु मध्य प्रती टिम ९ जना सम्मको लागी खाने बस्नेको ब्यवस्था आयोजकले नै गर्ने खेल ब्यवस्थापन समितिका संयोजक शिव भुषालले जानकारी गराए।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…