चैत्र २०७४
भीमराज अधिकारी, पथरी
२०७४ सालको रामनवमीको अवसरमा आयोजित पूर्वाञ्चल स्तरीय खुल्ला नकआउट पुरुष भलिवल च्यालेन्ज कपको उपाधी विभागीय टोली ए पी एफ पकली सुनसरीले हात पारेको छ । आज भएको फाइनल खेलमा रामधुनि युवा क्लव झुम्कालाई २०/२५, १८/२५, २२/२५ र २४/२६ को सेटमा हराउदै उपाधि हात पारेको हो । विजेता टिमले ५१ हजार र उप विजेताले ३१ हजार नगद प्रमाण पत्र, ट्रफी तथा मेडल हात पारेका छन् । म्यान अफ द सिरिज भने ए पी एफका कृष्ण थापा घोषित भएका छन् ।
प्रथम र दितिय ट्रफी स्थानिय युवा रेवत बस्नेत रोशन र म्यान अफ द म्याच तथा सिजि भने स्थानिय युवा सुरेश दाहालले प्रायोजन गरेका थिए । खेलको सह प्रायोजकमा न्यू गोर्खाली अटो प्लाजा पथरी र आइ बी टी इटा उद्ययोग रहेका थिए ।
समापन सत्रलाई औपारिक रुपमा समापन गरिएको थियो । औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रदेश नं. १ का सांसद शेखर चन्द्र थापा रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले खेलकुदका माध्यमबाट अनुसासन देखि लिएर अन्य कुराहरुको पनि विकास हुने बताउनुभयो । अतिथि तथा विजेता र उप विजेतालाई प्रमुख अतिथि शेखर चन्द्र थापा र राष्ट्रिय खेलकुद कर्मचारी संघ अध्यक्ष रञ्जन थापाले संयुक्त रुपमा मायाको चिनो तथा पुरस्कार वितरण गर्नु भएको थियो ।