• सुरेश अधिकारी
    लेटाङ÷ बाल बिबाह र दुव्र्यसन न्यूनिकरण अभियान अन्तरगत लेटाङमा आईतबार सरोकारबाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
    जनस्तरमा चेतना अभिबृद्धि गरी बाल बिबाह र दुव्र्यसनका घटनाहरु न्युनिकरण गर्ने उदेश्यले लेटाङ वार्ड नम्बर ६ खेरुवामा अन्तरक्रिया कार्यक्रम गरीएको हो । कार्यक्रममा स्थानियबासी, संघसंस्थाका प्रतिनिधि तथा बाल क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा लेटाङ बाल संजालका अध्यक्ष जस बहादुर तामाङ, अन्तरधार्मिक शान्ति यूवा समूहका राम प्रसाद लम्साल, स्थानिय युवा गगन लिम्बू, भुवा सिंचाई आयोजनाका भुवानिश्वर आचार्य, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख खगेन्द्र बहादुर खड्कालगायतको मन्तव्य रहेको थियो ।

    प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक खगेन्द्र बहादुर खड्काले सबैभन्दा ठुलो जिम्मेबारी घरका आमाबुवा तथा परिवारका सदस्यको हुने भएकोले आफ्ना छोराछोरीको निगरानी गर्न आबश्यक रहेको बताए । बाल बिबाह र दुव्र्यसनका घटनाहरु सामाजिक अपराध भएकोले यस्तो कार्यलाई सबै पक्ष मिलेर सम्बोधन गर्नुपर्ने प्रमुख आथितिको रुपमा रहेका प्रहरी निरिक्षक खड्काले बताए । कार्यक्रममा बोल्ने अधिकाशंले बिद्यालय तथा अभिभावकहरुको निगरानी नपुदा बाल बालिकाहरु बाल प्रेम बिबाह तथा लागुपदार्थको दुव्र्यसनमा फस्ने गरेको आरोप पनि लगाएका छन् । बक्ताहरुले समुदायका समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर लाग्नु पर्ने बताए । चन्द्र बहादुर मगरको अध्यक्षता र चण्डिका महरा, सम्झना राई, सर्मिला राईको सक्रिएतामा भएको कार्यक्रमलाई पहाडी ग्रामिण बिकास संस्था उत्तरी मोरङ (हर्डन) र सामुदायिक बिकाश मञ्च नेपालले संयुक्त रुपमा संचालन गर्दंै आएको शान्ति र बिकासमा युवाको नेतृत्व परियोजना अन्तरर्गत आयोजना भएको हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…