काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आगामी साधारण सभा स्थगित भएको छ।
आगामी चैत १४ गतेका लागि तोकिएको एन्फाको साधारणसभा उच्च अदालत पाटनको आदेश अनुसार स्थगित भएको एक विज्ञप्ती जारी गर्दै एन्फाले जनाएको छ।
४५ जिल्ला आबद्ध एन्फाका संघमध्ये भक्तपुर र मकवानपुरले आफूहरुलाई सहभागी नगराई साधारणसभा गर्न लागिएको भन्दै निवेदन दिएपछि उच्च अदालत पाटनले उनीहरु सहभागी हुने अवस्था नबनेसम्म साधारणसभा नगर्न अन्तरिम आदेश दिएको थियो।
तर यता विश्व फुटबल महासंघ फिफा र एशियाली फुटबल महासंघ एएफसीले भने एन्फालाई साधारणसभा स्थगित नगर्न दबाब दिँदै आएका छन्।