• इटहरा ।  आरम्भ नाट्य डबलि रतुवामाइले १५ दिनसम्म संचालन गरेको उद्घोषण तालिम आज एक कार्यक्रमका विच समापन गरिएको छ । राष्टनिर्माण वोडिङ स्कुलको हलमा संचालन गरिएको उक्त कार्यक्रम रतुवामाइ १० का वडा सदस्य काजन ढकालको प्रमुख अातिथ्यता संचालन गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि रतुवामाई खबर डट कम का संचालक साथै संचार कल्व नेपालका सदस्य खड्ग वेदना हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य स्थानिय महिला समाजसेवि कल्पना नेपालले राख्नुभएको थियो । उक्त कार्यक्रममा आफ्ना भनाइहरु राख्ने क्रममा ज्ञानउदय वोर्डिङ स्कुल कि शिक्षिका एवं प्रशिक्षार्थि एन्जल माख्खिमले यश तालिमले आफुलाइ धेरै ज्ञानवर्दक कुराहरु सिकाएको जनाउदै यश प्रशिक्षणमा सहभागी हुने अवसर सृजना गरेकोमा अारम्भ नाट्य डबलि रतुवामाइलाइ विशेष धन्यवाद ज्ञापन गर्नुएको थियो । कार्यक्रममा नितिक्षा नेपाली, पुजन दास, जिना पराजुलि, शुष्मा दास लगाएतले आफ्ना अनुभवहरु राख्नुभएको थियो भने अन्य प्रशिक्षार्थिहरुले पनि तालिममा आफुले सिकेका अनुभवहरु साटासाट गर्नुभएको थियो ।

    कार्यक्रम को संचालन संस्थाका सदस्य हरि नेपालले गर्नुभए्नुभएको थियो भने खगेन्द्र नेपालले प्रशिक्षकको अभिनय गरि एकछिन सबैलाई मनोरञ्जन प्रदान गर्नुभयो। कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष समीर सुवेदिको सभापतित्वमा संचालन भएको थियो कार्यक्रममा वोल्दै संस्थाका कार्यवाहक अध्यक्ष समीर सुवेदीले संस्थाका भाइवहिनिहरु मागलाई मध्यनजर गर्दै व्याक्तित्व विकाशमा सहयोग पुर्‍याउने उदेश्यले चन्द्रसुर्य सीप विकाश संस्था दमक संग समन्वय गरि अवसरहरु आफ्नै गाउँमा भन्ने अभियानका रुपमा तालिम ल्याइएको वताउनुभयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि काजन ढकालले आरम्भ का कार्यहरुको खुलेर प्रशंसा गर्नुभयो ।उक्त कार्यक्रममा प्रशिर्क्षार्थि हरुलाइ कार्यवाहक अध्यक्ष समीर सुवेदी र वडा सदस्य काजन ढकालले अविर टीका लगाएर प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको अन्तिम चरणमा वाेल्दै प्रशिक्षक विष्णुप्रसाद अधिकारिले प्रशिर्क्षार्थि हरुदेखि आफू सन्तुष्ट रहेको भन्दै आरम्भ नाट्य डबलि रतुवामाइलाइ यस्ता शिपमुलक कार्यक्रममा अघि बढ्न हौसला प्रदान गर्दै अागामि दिनमा पनि आफुले सक्दो सहयोग गर्ने वचन व्यक्त गर्नुभयो । उक्त १५ दिनसम्म संचालन भएको तालिममा २० जना प्रशिक्षार्थिहरुले प्रशिक्षण लिएका थिए भने चन्द्रसुर्य सीप विकाश संस्थाका विष्णुप्रसाद अधिकारिले प्रशिक्षण दिनुभएको थिय‍ो । उक्त कार्यक्रम संचालनमा राष्ट्रनिर्माण वाेर्डिङ स्कुलले विशेष सहयोग पुर्याएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…