• गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीमा शनिबार जबरजस्ती करणीको एक मुद्दा दर्ता भयो । मुद्दा दर्ता गराउन ‘बलात्कृत’ किशोरीको अभिभावकसमेत आएका थिए । उनीहरुले १५ वर्षकी आफ्नी छोरीलाई मौलाकालिका गाउँपालिका ५ का २६ वर्षका शेषबहादुर कार्कीले बलात्कार गरेको आरोपसहित मुद्दा दर्ता गराए ।

    शेषबहादुरले मौलाकालिका ५ छापहिलेमा चैत ८ गते बिहान ४ बजे ती किशोरीलाई बलात्कार गरेको परिवारले आरोप लगाएका छन् । शेषबहादुरले त्यसको केही घण्टापछि ती किशोरीलाई केही दूरीको कोटकटेरी भन्ने स्थानमा पनि बलात्कार गरेको परिवारको आरोप छ । प्रहरीले मुद्दा दर्ता गरेको छ र आरोपी शेषबहादुरलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

    स्थानीय वासिन्दा भने यसलाई बलात्कार मान्न तयार छैनन् । उनीहरुका अनुसार शेषबहादुर र ती किशोरीबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरुबीच सम्बन्ध पनि राम्रो थियो । तर, किशोरीका परिवारले यो सम्बन्ध नचाहेपछि यसलाई बलात्कारको रुप दिइएको हो । स्थानीयका अनुसार उनीहरुबीच विवाह होस् भन्ने पक्षमा कार्की परिवार थियो । तर, किशोरीको परिवार भने यसको विपक्षमा थियो । यही कारण उनलाई बलात्कारको आरोपमा फसाइएको स्थानीयको दावी छ । प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीका अनुसार मुद्दा दर्ता भइ अनुसन्धानको प्रक्रियामा छ । किशोरीले समेत आफूलाई बलात्कार गरेको बयान दिएकोले शेषबहादुरमाथि कानुनी कारवाही हुने इन्स्पेक्टर चौधरी बताउँछन् ।

    स्थानीयका अनुसार ती किशोरी र कार्की वैवाहिक सम्वन्ध राख्न मिल्ने नजिकका नातेदार हुन् । घटनाका दिन साँझ खड्गकोटमा काम गर्ने शेषबहादुर कार्की र ती किशोरीलाई अकै स्थानमा जुटाउने काम कार्की परिवारकी एक सदस्यले गराएकी हुन् । उनीहरु सहमतिमै भेटेका हुन् । त्यस रात उनीहरु सँगै बसेका थिए । किशोरीले प्रहरीमा दिएको बयान अनुसार कार्कीले त्यस रातको बिहानपख उनलाई जबरजस्ती करणी गरेका हुन् । किशोरीका अनुसार कार्कीले उनलाई त्यहाँबाट भगाएर करिब २ घटनाको बाटो हिँडाएर कोटकटेरी भन्ने स्थानमा लगेर पनि करणी गरेका थिए । त्यसपछि ती किशोरीका परिवार पुगेर उनीहरुलाई छुटाएका थिए ।

    लगत्तै घटनाले नयाँ मोड लियो । एक्कासी आरोपित कार्कीको घरमा प्रहरी पुग्यो । उनको हातमा हतकडी लगाइयो । हतकडी लगाउँदा पनि कार्की भन्छन् ‘म उसलाई जेल परेर फर्किएपछि पनि छोड्न सक्दिँन ।’ रोचक त के भने पहिलो शारीरिक सम्बन्ध पछि ती किशोरी कार्कीसँग हिँडेर अर्को स्थानसम्म पुगेकी थिइन् । पहिलो शारीरिक सम्बन्ध भएको स्थानमा बस्ती हुँदाहुँदै उनी चुपचाप कार्कीसँग हिँडिन् । तर, दोस्रो स्थानमा परिवार आएपछि घटनाले बलात्कारको रुप लिँदा परिवारकै दबाबमा ती किशोरीले ‘बजरजस्ती’को आरोप लगाएको स्थानीयको बुझाइ छ । ती दुईले भागी विवाहको प्रयास गरेकोमा त्यसलाई जवरजस्ती करणीको झुटो मुद्दा बनाइएको कार्की परिवारको दावी छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…