• भिभिआइपीको_लोकत
    न्त्रले_उब्जाएका_प्रश्नहरु

    हामी विभिन्न माध्यमद्वारा पेलिदै,हेपिदै,थिचिदै,शोषिदै,लुटिदै र बेचिदै थोत्रीएको अवस्था सिर्जना कसले निर्माण गरेर
    आज हाम्रो यो हविगत भयो ,छातिमा हात राखेर आँखा चिम्लिदै सोचौं त?

    हाम्रो अस्मिता कसले लुटिरहेको छ,हाम्रो भोको पेटमा कसले लात बजार्दै छ,अनि हाम्रो ढाड्मा कसले दाल दल्दै छ र हामी
    किन परनिर्भर बन्दै हरियो रङ्गवाला पासपोर्ट बोकेर मुसलमानको देशमा खाडीमा प्रवासिनु परिरहेको छ त? हामी यस्तो
    वस्तीमा जन्मेका मान्छे हौं कि बालुवामा जन्मेर परालमा हुर्केका अवोध जस्ता हाम्रा बुवा आमा,निर्दोष जस्तो हाम्रो परिवार
    जहाँ विविध खाले शोषण,दमन,अत्याचार चल्छ भने त्यही मातृभुमिको सर्वोच्च राजनितिक निकायहरुमा गुट्बन्दीको खेलमा
    अनेकन हिंसा,शोषण र दमनको बन्दुकले अपराधीहरुको परिवारलाई संरक्षण दिने गर्छ।

    जसले देशको राष्ट्रिय सम्पत्ती बेचिरहेको छ उसले नै यो देशको राज्यसत्तामा रहेर नेपाल आमाको सम्पत्ती रहेको ढुकुटीबाट
    मनपरी लामो हात गर्दै उसैको छोराछोराछोरीको जगेर्ना र ७ पुस्ते भविस्यको चिन्ता गरिरहेको छ ।

    यो मुलुकले विभिन्न कालखन्डमा विभिन्न रुपका सन्तानहरु जन्मायो,विभिन्न अध्यारा र अन्धमुष्टी अँध्यारा शासनको
    सत्ता चलायो त्यतिबेला सम्म बर्दी र लाठिको बलमा ,बन्दुकको संगीन र चक्कुको भरमा नेपालको सत्ताले जनताको दुख
    र पीडा माथी चलखेल गर्यो। कोहिलाई मानव अधिकारको लडाइमा मारिदियो,कोहिलाई मानव स्वतन्त्रताको मुक्तिको बिगुल
    फुक्दा मारिदियो,न्रुशंस पूर्ण तवरले कहिले एकछत्र रजाइ गर्यो,कहिले मानव जीवनलाई जङ्गलको चरा जति पनि अधिकार
    नदिइ यो देशको सत्ताले विभिन्न व्यावस्थाको नाममा आफ्नो हैकम र अतिवाद लादयो ।

    सर्वसाधारणको लागि ठिम्मुरो र हिरासत अनि जेल बनायो,अपराधीलाई नमस्कार गर्दै सोझासादाको जीवन नै चुडिदियो।
    सबै लुटेर पनि नअघाएर कहिले असहमतीका कर्तुतहरु बनाउदै नेपाल आमाको दुधको लाम्टा काटिदियो।जति गर्नु उसले
    गर्यो र अहिले अतिवादी रबैया र कुशासनका हिमायतीहरुलाई तोप र सलामी दिइएर आफ्नो दुनो सोझ्याइ रहयो।हामिलाई
    भारतीय भान्साको नोकर बनाएर अझै पनि बहादुरको नाम दर्ज गराइदियो।कहिले अपराधीलाई संरक्षण गरेर न्यायप्रेमीहरुको
    मुन्टो छिनालिदियो ।

    अहिले त्यतिले पनि नपुगेर अन्तरास्ट्रिय दलालहरुसंग भिग मागेर नेपालको सत्ता चलाइरहेको छ। अनि हामिलाई माग्ने
    बनाएको छ,अन्तर्राष्ट्रिय ऋणको भागिदार बनाएको छ र हामी झन पछि झन गरिब हुँदै गर्दा रेडियो नेपाल उही कुशासनको
    गीत बजाइरहेको छ।यी कुशासनका सलामी ठोक्नेहरु अहिले मास्लो दर्जाका मालिक बन्दैछन भने हामी लुटतन्त्रको देशको
    प्रजा बन्न विवश हुनुपरिरहेको छ झुट,अफबाह,अत्याचार,शोषण,बिपत्ती र महामारीको राजनितिक समाचारले हाम्रो देश
    रोइरहदा जनताको आसुमा प्यास मेट्नेहरु आफुलाई राष्ट्रको देशभक्त भजाइरहेका छन।हाम्रै नदिनाला हाम्रा छैनन,हाम्रै
    घरको निर्णय गर्न अन्तराष्ट्र जानुपरिरहेको छ।वीर सपुतहरुको देशमा एउटा बाहिय देशको राजदुतले धावा बोलिरहेको छ।

    विस्तारवादले नेपाल भ्रमण गर्दा हाम्रो विमानस्थलको उडान रद्द हुने गर्दछ भने हाम्रै मातृभुमिको सडकमा हामी हिड्न पाउदैनौ।
    कस्तो बिडम्बना!! हामी हाम्रो शालीन सार्वभौमता देखि गौरब गरिरहदा हामी हाम्रै देशको भुभाग र हाम्रै वस्तीमा असुरक्षित
    अनुभव गरिरहेका छौ।यिनै रङ्गीन दृष्यहरुले आन्तरिक राजनितिको रमिता देखाइरहदा नया दिल्ली हासिरहेको छ,हाम्रो हिमाल
    उज्यालो पहाड भएर उच्च स्थानमा रहेर पनि अँध्यारो रुप लगाएर घोप्टिएर बसेको छ।निलो आकाशमा भयावह बादल लागिरहदा
    हाम्रो टाउको माथी पिडाका वर्षादहरु भैरहेका छन।हाम्रो राजनितिक मेलमिलाप खिचातानी र गुटबन्दीमा रुमल्लिइरहदा देशले
    सुशासनको प्रत्याभुती गर्न पाएको छैन।

    बेमेलको राजनीतिक धरातलले मुलुकको नक्सा पूर्ण हुन नपाएको परिस्थितिमा झन झन काटिदो छ,दसगजाले बेलाबखत भारतीय
    आक्रमणको सामना गर्दा हाम्रो देशको सत्ताले विस्तारवादी भारतिय सत्तालाइ नमस्कार गर्ने गर्दछ।नौ नौ महिनामा बदलिइरहने
    नेपालको सत्ताले नौ नौ महिनामा विभिन्न सन्धीहरु सम्झौता गर्दा अरबौं ऋणको भार थेग्न बाध्य छ।कसैसग लोन लिएर फिर्ता
    नगरे पछि त्यही लोन लिदै र तिर्दै सिंहदरबार भित्र बस्ने उडुसहरुले नेपालको भुमी बन्धक राखिरहेको परिवेशले हाम्रो गौरवशाली
    उचाइले गिर्नुपर्ने महसुस गरेको छु।कुनै पनि मान्छेले रुपैयाँ पैसा सापटी माग्न आयो भने उसको हैसियत बमोजिम साहुले लोन
    दिन्छ ,फिर्ता नगर्दा हांडोभांडो ,श्रीसम्पती जे जे छ बरामद गर्दछ।नया दिल्लीले कालान्तरमा सगरमाथा र लुम्बिनी बरामद नगर्ला
    र भन्ने प्रश्न देखि हाम्रो देशको सत्ता बेखबर झै नाटक मन्चन गरिरहेको छ।बैदेशिक ऋणदाता मुलुकले भोली हाम्रो राष्ट्रियता नै
    जफत गर्ने हो कि भन्ने भयले हामी आम नागरिक न त रातमा निदाउन सक्छौं न त दिनमा नै ढुक्क छौं,असुरक्षा बढ्दो भय भने
    झनझन बढी चुलिदैछ।किन लिने बिदेशी लोन ???

    अनि लोन लिएर भ्रष्टाचार किन गरेको?आफ्नो औकात छैन भने बेलायतको सरकारले चढ्ने जस्तो सवारी साधन किन उपयोग
    गरेको भन्ने प्रश्न अनुत्तरित बन्दछ।

    हामी एक्काइसौं शताब्दीको क्रान्तिकारी र बैज्ञानिक युगमा आइपुग्दा पनि १४ औं शताब्दीको जस्तो जीवन जिउन विवश छौं।
    बिदेश पलायनको सख्या व्हात्तै बढ्नुले नेपालीको भविष्य खतरा तर्फ अघि बढ्दैछ भन्ने मनन नेपालको श्रम मन्त्रालयले किन
    बुझ्न सकेको छैन?

    एक पटक सत्तामा गएर प्रधानमन्त्री भैसकेपछी पूर्व प्रधानमन्त्रीको नाताले उ जिन्दगीभर त्यहि राज्यको सुविधाले मग्न मोज
    र रमाइलो जीवन् शैली जिइरहेको हुन्छ भने जिन्दगीभर श्रम गर्ने मान्छे श्रमको मालिक हुनुपर्नेमा श्रम शोषणको जीवनी जिउन
    विवश हुनुपर्छ भने कस्तो क्रान्तिले श्रमिकहरुको जिन्दगिमा परिवर्तन ल्याउछ भनेर देशभक्त नेताहरुले नसोचिदिदा नेपाली
    राजनिती प्रदुषित भएको ठहर मैले गरेको छु।

    भौगोलिक हिसाबले दुई ठुला राष्ट्रको बिचमा चेपिएको नेपालको सत्ताले जस्तो सुविधा अमेरिकाले लिइएको छैन र त अमेरिका
    विश्व राजनितीमा हिरो भएको छ।पूर्व अमेरिकी राष्ट्रपति बाराक हुसेन ओबामाको राष्ट्रपति शासनकाल समाप्ती पछि ओबामा
    डेरा र जागिर खोज्न हिडेका खबर मिडियामा पढेको थिएं तर यहाँ त बर्तमान प्रधानमन्त्रीको ७४ सदस्यीय मन्त्रीमन्डलको
    उदाहरणले नै बताउछ नेपाल गरिब हुनुमा नेपाल सरकार नै दोषी छ।७४ वटा उडुसहरु कहिले मोटाउने र जनताले समृद्दिको
    अपेक्षा गर्ने?

    हामिले राजनितिक मालिकहरु पाल्ने कि जनताको नुन तेलको बजार भाउ बाट लुट्ने ?सरकारले यस्ता कुरा कहिले सोच्छ??
    सानालाइ ऐन र कथित ठुलाबडालाई चैन को बिभेदपूर्ण कानुन किन बनाइयो सरकार?? किन हाल्दैनौ जेल महाकाली र टनकपुर
    बेच्नेलाई र किन हाल्छौ ठिम्मुरमा एउटा निर्दोष सानो मान्छेलाई अप्रमणित आरोपमा??किन कुट्छ सुरक्षाकर्मीले त्यो
    अभियुक्तजो दोषी छैन?सरकारी कानुन सर्वसाधारण सरह बनाउने सत्ता कहिले जन्मन्छ?हामी असाध्यै पिडित साथै
    दुखी छौं,यहाँ कानुनको हत्कडीले मसिनो निहुमा सर्वसाधारण दुखिलाई पेल्छ भने भिभिआइपीहरुको संरक्षण किन गर्छ??

    २८-०५-२०७४ काठमाडौं

    लेखक :लक्ष्मण चौलागाईं "विद्रोही"

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…