भीमराज अधिकारी, पथरी
६१ औँ राष्ट्रिय सहकारी दिवशको अवसरमा मोरङको पथरीमा वृहत कार्यक्रम गरिने भएको छ । सहकारी कर्मचारी संगठन इलाका समिति पथरीले यही चैत्र १९ र २० गते २ दिन कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी आज जानकारी दिइएको हो । संगठनका अध्यक्ष तुलसी बस्नेतका अनुसार १९ गते पथरी बहुमुखी क्याम्पसको हलमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने र २० गते सिवालय मन्दिरमा विषेश गरी सञ्चालक समितिका पदाधिकारीहरुलाई हण्डी फुटाइ कार्यक्रमको आयोजना पनि गरिएको छ । कार्यक्रममा पथरी बजारमा ट्राफिक सचेतताका लागि २ स्थानमा रोक हेर र जाउ लेखिएको सचेतनामूलक बोर्ड राख्ने र वृहत ¥याली सहित बजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
वर्तमान सहकारी ऐनमा निकै त्रुटीहरु रहेको र हालको सहकारी ऐन सहकारी मैत्री नभएका कारण त्यसलाई स्थानिय तहमा निर्माण ऐनमा सच्याएर सहकारी मैत्री वातावरण बनाउन पहल गर्ने गरी कार्यक्रमको तयारी गरिएको समिति सदस्य सुर्य प्रसाद रिमालले बताउनु भएको छ । यस्तै पथरी इलाकामा पर्ने ६४ वटै सहकारी संस्थाका कर्मचारीहरुको पोशाकमा एक रुपता ल्याउने पनि तयारी गरिएको छ ।
अगाडीका वर्षहरुमा विराटनगर केन्द्रित कार्यक्रम हुदै आएकामा यो वर्ष भने हाल स्थानिय तहमा नै सहकारी सञ्चालन सम्बन्धि कार्य विधिहरु निर्माण गर्ने अधिकार आएकाले यस वर्ष देखि पथरीमा नै कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम सम्पन्न गर्नका लागि आर्थिक, व्यवस्थापन, प्रचारप्रसार लगाएतका उपसमितिहरु पनि बनाइएको उपाध्यक्ष गणेश राइले जानकारी दिनुभयो ।