• देबु बानियाँ
    काठमाडौँ । शुक्रवार लहानको मुख्य बजारमा रहेको विकास सुन चाँदी टे«र्डसमा बम विष्फोटन गराउने समूहलाई कडा भन्दा कडा कार्वाही गर्न देशभरका जेसीज शाखाहरुले माग गरेका छन् । प्रेसर कुकर बम विष्फोटनमा परी लहान सिटीका पूर्व अध्यक्ष विकास शारदासहित परिवारका अन्य ३ जना सदस्य घाइते भएका थिए । घटना भएकै दिन नेपाल जेसीजले दोषीलाई कार्वाहीको माग गर्दै विज्ञप्ति जारी गरिएको थियो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति मार्फत दोषीलाई कार्वाही तथा घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरिएको थियो ।
    त्यस लगत्तै देशभरका जेसीज शाखाहरुले आफ्नो शाखाको फेसबुक पेज र शाखा अध्यक्षहरुको पेज मार्फत यो घटना अत्यन्तै दुःखद भएको भन्दै दोषीलाई कार्वाहीको माग गरेका छन् ।
    झापामा रहेको मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले दुःखद घटना । शिर्घ स्वास्थ्यलाभको कामना भनेकी छिन ।
    दाङ तुलसीपुर जेसीजका अध्यक्ष दिपेश भण्डारीले ज्यानै मार्ने गरी गरिएको यस घटनाप्रति खेद प्रकट गरेका छन् । उनले भनेका छन् यो घटनाको घोर निन्दा र भर्सना गर्दछु ।
    नेपाल जेसीजका पूर्व राष्ट्रिय कानुनी सल्लाहकार राजाबाबु शाहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कार्वाही र घाइतेको उपचारका लागि आग्रह गरेका छन् ।
    यसैगरी बाहुनडाँगी, धुलावारी, मेचीनगर, भद्रपुर, दमक, र्तिामोड, विर्ता लेडी जेसी, इटहरी जेसीज, चारआली, बुधवार, उर्लावारी, सताक्षीलगायतका जेसीज शाखाहरुले समेत घटनाको दोषीलाई कार्वाहीको कामग गरेका छन् ।
    ‘विधिको शासन, व्यवसायिक स्वतन्त्रता र मानव अधिकारको रक्षाको विषयमा विगत ५४ वर्षदेखि क्रियाशील १४२ शाखाका १४ हजार युवाहरु उद्यमशिलतासँग जेडिएका छन् ।’ शाखा अध्यक्षहरुले आफ्नो फेसबुक टाइमलाइनमा पोष्ट गर्दै लेखेका छन्–‘ लहान सिटी जेसीजका प्रभावशाली अभियान्ता, युवा व्यवसायी पूर्व अध्यक्ष विकास शारदाको लहानस्थित विकास सुन चाँदी ट्रेडर्समा शुक्रवार भएको घटनाप्रति हामी घोर भत्र्सना गर्दछौँ ।’
    दिउँसो १ बजे भएको उक्त घटनाबाट परिवारका अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । यसैगरी आक्रमणबाट लाखौ मुल्य बराबारको क्षति भएको छ । तसर्थ यो परिस्थितिमा स्थानीय सरकार र केन्द्रीय सरकारलाई तत्काल यस घटनाको सत्य तथ्य पत्ता लगाई यस्तो अपराधिक, उत्तेजक एवम् जघन्य गतिविधिमा संलग्नलाई कानुन बमोजिम कडा भन्दा कडा सजाय दिलाउन र धनजनको क्षतिपुर्तिको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…