• भागवान मण्डल
    विराटनगर, चैत्र १२।   आज २६ माचर्, अर्थाथ विश्व छारे रोग दिवस नेपाल लगाएत विश्वभर विविध कार्यक्रम गरि मनाईएको छ । उक्त दिवसको अवसर पारी आज विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि. ले विराटनगरमा जनचेतना मुलक विहृत र्‍याली निकालेको छ । विभिन्न प्लेकार्ड, व्यानर सहितको निकालिएको उक्त र्‍यालीले नगरको परिक्रममा गर्दै जनचेतना फैलाउने काम गरेको थियो । वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्टको नेतृत्वमा निकालिएको उक्त र्‍यालीमा न्यूरोलोजिष्ट डा. सर्मथ सिंह लगाएत विभिन्न विधाका चिकित्सकहरु, नर्सिङ्घ स्टाफहरु, अन्य प्रशासनिक कर्मचारीहरु तथा न्यूरो हेल्थ कलेजका कर्मचारीहरु तथा विधार्थीहरुको उपस्थिती रहेको थियो । डाक्टर विष्टकाले छारे रोग अन्धविश्वासको घटक नभई एउटा नशासम्बन्धि समस्या भएको बताउछन । उनी भन्छन् “छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिरामीहरु सही उपचार नपाएर गाउाघरमा अलमलिने गरेका छन । सही समयमा सही उपचार पाएको खण्डमा यस्ता विरामी निको हुन्छन र सामान्य जिवन व्यतित गर्न सक्छन ।” सो अवसरमा अस्पतालले आजै विराटनगरका विभिन्न विद्यालयमा छारे रोग प्रति व्याप्त भ्रम तथा अन्धविश्वास विरुद्ध निबन्ध प्रतियोगिता आयोजना समेत गरेको छ । अस्तालले दिवसको अवसरमा निशुल्क परामर्श सेवा प्रदान गर्नुको साथै विभिन्न जााचमा २५५ छुट तथा एक महिनाको निशुल्क औषधी ४१ जना विरामीलाई प्रदान समेत गरेको छ । नेपालमा करिव एक लाख पचास हजार बढी छारे रोगका बिरामीहरु रहेका अस्पतालले ताथ्याङ समेत निकालेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …