• इटाभट्टा । किराँत याक्थुङ चुम्लुङ मेचीनगर समितिको अध्यक्षमा दिलिप आङदेम्वेसहित सबै सदस्यहरु सर्वसम्वत चयन भएका छन् ।
    सोमवार चुम्लुङ भवन इटाभट्टामा सम्पन्न भेलाले सबै पदमा सर्वसम्मत गरेपछि सपथ ग्रहण समेत गराइएको थियो । गत फागनुमा भएको पाँचौ अधिवेशनबाट केही पदहरुमा आकांक्षी धेरै भएपछि सर्वसम्त हुन सकेको थिएन । सोमवार पुनः बसेको चुम्लुङ भेलाले उपाध्यक्षमा धनप्रसाद केरुङ, रमना साम्सोहाङ, सचिव बिरबहादुुर बेघा (बिरु), स–सचिवः मिना इजम, कोषाध्यक्षः मिनमाया लिङ्खीम इधिङगो सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एवम् चुम्लुङका पूर्व केन्द्रीय सदस्य जीतबहादुर लावतीले बताए । संयोजक लावतीका अनुसार सदस्यहरुमा तिलकचन सम्हाम्फे, कबिन्द्र नेम्बाङ, ओम प्रकाश खापुङ, भूमिका फियाक, मणि सुब्बा, उमा यक्पान्देन, मुकेश लिम्बू, प्रकाश कन्दवा, भूमा आङदेम्बे, मानध्वज लिम्बू, दुर्गा तिगेला, अर्जुुन इजम, शुक्रराज इधिड्डो, याकुम सुब्बा र बुद्ध तिगेला सर्वसम्मत चयन भएका हुन् । निर्वाचन सम्पन्न भएपछि सबै पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो । पूर्व केन्द्रीय सदस्य जीतबहादुर लावतीको संयोजकत्वमा रहेको निर्वाचन सदस्यमा पूर्व जिल्ला झापा अध्यक्ष भरत आङदेम्बे र मेचीनगरका पूर्व अध्यक्ष हर्क फियाक रहेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…