• बिराटनगर—समावेशितामा कांग्रेसको कतिपय निर्णय बोली र ब्यवहारमा फरक देखिन्छ ।
    वीपी कोइराला नेतृत्वमा २०१५ माबनेको सरकार अहिलेसम्मकै सबैभन्दा समावेशी थियो। तर,गुट र समुहका कारण कहिलेकाहीँ समावेशीको नारा भुसुक्कै बिर्सिने गरेको छ कांग्रेसले ।प्रदेश —१ मा संसदीय दलको नेतामा राजीव कोइराला छानिए ।उपनेतामा उदयपुरका हिमाल कार्की र प्रमुख सचेतकमा केदार कार्की आए । यहाँ जनजा,िमधेसी र महिलालाई उपेक्षा गरियो ।‘गुट मिलाउन काँग्रेसले समावेशितालाई मुलेकै हो, ‘ मोरङ कांग्रेसका पुराना एक नेताले भने ‘कांग्रेसमाथि लाग्ने आक्षेपलाई चिर्न जनजाति,मधेसी र महिलालाई समेट्नुपथ्र्यो। १ नं. प्रदेशमा जनजाति र आदिवासीको बाहुल्यता छ ।
    गुटका कारण कालेकाले मिलेर खाऊँ भाले भन्ने जस्तै भईरहेको छ कांग्रेसभित्र‘ ती नेताले भने, ‘यस्तै हो भने कांग्रेस अझै स्खलनले बाटोमा जानेछ । ‘
    आदिवासी जनजातिबाट पुराना नेता प्रतापप्रकाश हाङमाङ छन्। यूवामा सुयर्माराज राई छन् ।राईले कम्युनिष्टको गढ मोरङ—३ मा बिधायक जितेका हुन। प्रदेश संसदमा कांग्रेससले एउटा समिति पाउने पक्का छ ।समितिका आदिवासी,जनजाति र महिलालाई मिलाउनुपर्ने आवाज उठेको छ।
    कांग्रेसले लेखा समिति पाउने पक्क छ । ‘कांग्रेसको भागमा परेका समितिमा नेताहरुले मिलाएनन् भने विद्रोह हुनसक्छ, ‘ एक विधायकले भने, ‘खाली बार्गेनिङ गर्ने र गुटको पछि दौडिनेलाई मात्रै च्याप्ने काम भयो भने चुप लागेर बस्दौनौँ ।सवै वर्ग र समुदायलाई मिलाउन उनले नेतालाई सुझाव दिए ।सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टीभित्रको असन्तुष्टि मिलाउनुपर्नेमा उनी जोड दिन्छन् ।प्रदेशसभामा प्रत्यक्षमा ८ र समानुपातिकमा १३ गरी प्रदेशसभामा २१ सदस्य छन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…